राहुघाट ८ वर्षपछि निर्माण सुरु : २०७८ मंसिरभित्र ४० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य
भाद्र ३१ गते, २०७५ आइतवार 16th September, 2018 Sun०९:०१:०९ मा प्रकाशित
काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरले प्रबर्द्धन गर्न लागेको राहुघाट जलविद्युत् आयोजनाको सिभिल निर्माण कार्य अघि बढेको छ । यसअघि भारतीय कम्पनी आइभिआरसिएले निर्माण ठेक्का लिएर ४ वर्षसम्म काम नगरेपछि सो सम्झौता तोडेर नयाँ ठेक्का सम्झौता गरिएको थियो ।
अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ - त्यसपछि आयोजनाको सिभिल तथा हाइड्रो मेकानिकल निर्माण ठेक्का पाएको भारतीय कम्पनी जयप्रकाश एसोसिएटले सिभिल संरचना निर्माणको काम अघि बढाएको हो । ‘आयोजनाको पहुँचमार्ग र पावर हाउस निर्माणको काम जयप्रकाशले वैशाख १९ देखि नै अघि बढाएको छ,’ कम्पनीका प्रबन्ध सञ्चालक श्रीराम पाण्डेले भने, ‘१० दशमलव २ किलोमिटर पहुँच मार्गमध्ये ४ किलोमिटर र पावर हाउसको लेबल मिलाउने काम सकेको छ ।’ आयोजनाको सुरुङ ७ दशमलव २ किलोमिटरको हुनेछ ।
यसअघि आइभिआरसिएलाई ३२ मेगावाट क्षमतामा आयोजना निर्माण गर्ने जिम्मा दिइएको थियो । तर, हाल यो आयोजनाको क्षमता अभिवृद्धि गरी ४० मेगावाटमा पुर्याइएको छ । सिभिल तथा हाइड्रो मेकानिकल निर्माणअन्तर्गत जयप्रकाशले पहुँचमार्ग, बाँध, पावर हाउस र सुरुङ निर्माण गर्नुपर्नेछ । यो पहिलो ‘लट’अन्तर्गत लगाइएको ठेक्का हो ।
आयोजना निर्माणमा कुल ९ अर्ब ५० करोड रुपैयाँको लागत अनुमान गरिएको छ । यसमध्ये सिभिल र हाइड्रो मेकानिकलतर्फको कामका लागि आयोजनाले ६ अर्ब रुपैयाँमा ठेक्का लगाएको हो । आयोजनाबाट ०७८ मंसिरसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
आइभिआरसिएसँग लेनदेन बाँकी
आयोजना निर्माणका लागि २०१० मा आइभिआरसिएले ठेक्का पाएको थियो । काम नगरेपछि २०१४ मा ऊसँगको ठेक्का तोडियो । पहिला ठेक्का लिएको कम्पनी आइभिआरसिए हाल ‘लिक्विडेसन’मा गएको छ । तर, उक्त कम्पनीसँग राहुघाटको हिसाब–किताब बाँकी नै रहेको प्रबन्ध सञ्चालक पाण्डेले बताए । ‘कम्पनीको लिक्विडेसन प्रक्रिया पूरा भएपछि राहुघाटको लेनदेन टुंगिन्छ,’ उनले भने, ‘उक्त कम्पनीसँग राहुघाटले लिनु पनि छ, दिनु पनि छ ।’
इलेक्ट्रो मेकानिकलअन्तर्गत बोलपत्रको समय थप
कम्पनीले इलेक्ट्रो मेकानिकल निर्माण गर्न दोस्रो ‘लट’मा आह्वान गरेको बोलपत्रको समय थपेको छ । थपिएको म्यादअनुसार अक्टोबर ५ मा आयोजना बोलपत्र खोलिनेछ । भारत सरकारको स्वामित्वमा रहेको कम्पनी वापकोस लिमिटेडले आयोजनामा कन्सल्ट्यान्टको काम गरिरहेको हो । नेपाल–भारत संयुक्त लगानीमा निर्माण हुने भनिएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको संयुक्त विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिरहेको कम्पनी पनि यही नै हो ।
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: