Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

भौतिक संरचना हटाएर नेपालकै नमूना रिफ्रेस सेन्टर निर्माण

\"\"नवलपरासी। सार्वजनिक सवारीसाधनका चालक सहचालक र यात्रुलाई लक्षित गरी पूर्वी नवलपरासीको कावासोतीमा नेपालकै नमूना रिफ्रेस सेन्टर निर्माण गरिएको छ । नगरपालिकामा प्रहरी प्रधान कार्यालय तथा स्थानीयको सहयोग र जिल्ला प्रहरी कार्यालय नवलपुरको पहलमा सो रिफ्रेस सेन्टर निर्माण गरिएको हो । पौने दुई बिगाहा जग्गामा फैलिएको रिफ्रेस सेन्टरमा ८०,९० जना यात्रुलाई आराम गर्ने कक्षको समेत सुविधा रहेकोे जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका इञ्चार्ज लक्ष्मण शाहीले बताए । रिफ्रेस सेन्टरमा चालक, सहचालक तथा यात्रुको लागि छुट्टाछुट्टै आराम गर्ने स्थान निर्माण गरीएको छ । साथै आराम गर्ने चालक र यात्रुका लागि ट्राफिक दुर्घटना न्यूनीकरणसम्बन्धी वृत्तचित्र तथा चालकको लागि ट्राफिक सचेतना प्रदान गरिनुका साथै जाँच गरिने इञ्चार्ज शाहीले बताए । सो रिफ्रेस सेन्टरमा २५० किलोमिटरभन्दा बढी दूरी चल्ने सवारीसाधन रोकिने गर्दछ । भौतिक संरचना हटाइयो कावासोती नगरपालिकाले राजमार्ग क्षेत्राधिकारभित्र निर्माण गरिएका भौतिक संरचना हटाएको छ । कावासोतीको फलफूल चोकदेखि थकाली चोकसम्मको राजमार्ग क्षेत्राधिकारभित्र बनाइएका घरटहरा, टिकट काउन्टर, ठेलागाडा, होर्डिङ बोर्ड र निर्माण सामग्री नगरपालिका आफैँले हटाएको हो । कावासोती नगरपालिकाको मुख्य बजार क्षेत्रलाई सफा र सुन्दर बनाउने उद्देश्यले नगरपालिकाले अतिक्रमित संरचना हटाएको हो । सडकको क्षेत्राधिकारभित्र निर्माण गरिएका भौतिक संरचनाका कारण दुर्घटना बढ्नुका साथै बजार कुरुप देखिएकाले नगरपालिकाले १५ दिने सूचना निकालेर हटाउन अनुरोध गरेको थियो तर नागरिकले अटेर गरेपछि नगरपालिकाले हटाएको कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवालीले जानकारी दिए । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy