Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

पाटा ट्राभल मार्टमा नेपाल सहभागी

काठमाडौँ। सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने निर्णय गरेअनुसार नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनका लागि स्वदेश तथा विदेशमा समेत प्रचारात्मक गतिविधिलाई तीव्रता दिएको छ । बोर्डले नेपाल भ्रमण वर्षलाई प्रभावकारी प्रचार गर्ने लक्ष्यका साथ ‘पाटा ट्राभल मार्ट २०१८’ मा बायर्स लाउन्जको प्रायोजन गरेको थियो । उक्त लाउन्जमा करीब २०० भन्दा बढी अन्तर्राष्ट्रिय पर्यटन प्रर्वद्धनमा क्रियाशील व्यवसायीले व्यापारिक छलफल तथा नेपालका गन्तव्यका बारेमा चासो व्यक्त गरेका थिए । पाटा नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमसँगको सहकार्य तथा समन्वयमा नेपाली पर्यटन व्यवसायी, विद्यार्थी तथा सञ्चारकर्मीसहितको टोलीले गत भदौ २७ देखि २९ गतेसम्म मलेशियाको लङ्काबीमा आयोजित पाटा ट्राभल मार्टको ४१औँ संस्करणमा सहभागिता जनाएको थियो । मलेशिया सरकारले आयोजना गरेको पाटा ट्राभल मार्टमा नेपालबाट दश पर्यटन व्यवसायी र संस्थाको सहभागिता थियो । पाटा ट्राभल मार्टमा विश्वभरिका ७० गन्तव्यबाट कूल एक हजार ४०० प्रतिनिधिले सहभागिता जनाएको पर्यटन बोर्डले जनाएको छ । पाटाले नेपाल, बङ्गलादेश, सिङ्गापुर, क्यानडा, फिलिपिन्स तथा मलेशियाबाट २१० युवा पर्यटन व्यवसायीलाई पनि आमन्त्रण गरेको थियो । बोर्डका वरिष्ठ प्रबन्धक सुनिल शर्माले नेपालको अलौकिक सौन्दर्य र विविधताका बारेमा अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पनि चासोका साथ हेरेको भन्दै सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षका कार्यक्रम सफल हुने विश्वास व्यक्त गरे । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पाटा ट्राभल मार्ट नेपालको विविधता संसारसामु देखाउने अनुपम अवसर भएको बताए । पाटा ट्राभल मार्टमा राखिएको नेपालको कक्षमा दर्शकको आकर्षण थियो । खासगरी परम्परागत प्यागोडा तथा स्तुपा शैलीमा सजाइएका नेपाली पेभिलियनमा नेपालको प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटनका विविध सेवा तथा वस्तु राखिएको थिए । पाटा नेपाल च्याप्टरका मुख्य कार्यकारी निर्देशक सुरेशसिंह बुडालले पाटा नेपाल च्याप्टरले बेष्ट च्याप्टर अवार्ड पाउनु नेपाली पर्यटन क्षेत्रका लागि गर्वको विषय भएको बताउँदै दिगो पर्यटन विकासका लागि आवश्यक जिम्मेवारी अनुरुप युवापुस्तासँगको आवद्धतालाई प्राथमिकतामा राख्ने बताए । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending