Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

मूल्यवृद्धिमा देखिन थाल्यो मध्यपूर्व युद्धको असर

फागुनमा मूल्यवृद्धि दर एक वर्षयताकै उच्च, यसको प्रभाव देखिन दुई–तीन महिना लाग्ने

खबरडबली संवाददाता

काठमाडौं । अमेरिका–इजरायल र इरानबिच जारी सैन्य तनावले विश्व बजारको आपूर्ति शृंखलामा परेको असर नेपाली बजारमा पनि देखा पर्न थालेको छ । खासगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण यसले आयात र मुद्रास्फीति (मूल्यवृद्धि दर)मा चाप बढाएको छ । तत्कालै सर्वसाधारणको चुलोसम्म यसको असर देखा पर्न थाले पनि अर्थतन्त्रका बृहत् सूचकहरूमा यसको प्रभाव देखा पर्न दुई–तीन महिना लाग्ने अर्थशास्त्रीहरू बताउँछन् । 

नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्ष ०८२/८३ को आठ महिनाको तथ्यांकअनुसार फागुन महिनामा मुद्रास्फीति ३.६२ प्रतिशत कायम छ । यो मूल्यवृद्धि दर एक वर्षयताकै उच्च दर हो । गत वर्ष फागुनमा भने यस्तो दर ३.७५ प्रतिशत थियो । त्यसपछि मूल्यवृद्धि दर घट्दै गएर गत कात्तिकमा न्यूनतम १.११ प्रतिशतसम्म कायम भएको थियो ।

नेपालले अधिकांश वस्तु आयातबाट खपत गर्ने भएकाले आयातमा वृद्धि हुँदा त्यसको चाप मूल्यवृद्धिमा पर्ने गरेको छ । खासगरी पेट्रोलियम पदार्थसहित प्रमुख वस्तुहरू भारतबाट आयात हुँदा त्यहाँको मूल्यवृद्धि दरको असर नेपाली बजारमा पर्छ । केन्द्रीय बैंकको थोक मूल्य सूचकांकको वर्गीकरणमा हेर्ने हो भने इन्धन तथा ऊर्जातर्फको मुद्रास्फीति माघको तुलनामा फागुनमा २.३५ प्रतिशत कायम छ । 

भारतमा गत असोजसम्म ०.२५ प्रतिशतसम्म झरेको मुद्रास्फीति बढ्दै गएर माघसम्ममा आइपुग्दा ३.२१ प्रतिशत कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा ०८१ फागुन मसान्तमा प्रतिब्यारेल अमेरिकी डलर ७०.८२ रहेको कच्चा पेट्रोलियमको मूल्य ०८२ फागुन मसान्तमा ४५.८ प्रतिशतले वृद्धि भएर १०३.२३ डलर कायम भएको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा ०८१ फागुन मसान्तमा प्रतिआउन्स सुनको मूल्य अमेरिकी डलर २९७४.०५ रहेकोमा ०८२ फागुन मसान्तमा ६९.६ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ५०४४.६० पुगेको छ । यसले नेपाली बजारमा मूल्य उचाल्न मलजल गरेको देखिन्छ ।

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले भने केन्द्रीय बैंकको आँकडामा मूल्यवृद्धि दर ५ प्रतिशतभन्दा न्यून रहेकाले अहिले नै मध्यपूर्वको तनावको असर आर्थिक सूचकहरूमा देखिन समय लाग्ने बताए । उनले भने, ‘मूल्यवृद्धि दरमा अहिले नै प्रभाव देखापरेको छैन । मूल्यवृद्धि दर ५ प्रतिशतभन्दा कम छ । सरकारले यातायात भाडा बढाएको छैन । दुई–तीन महिना त समय लाग्छ । मूल्यवृद्धिको पनि प्रक्रिया हुन्छ । तेलको मूल्य त वृद्धि भयो, ३० रुपैयाँले बढ्यो । अब त्यसको ‘पास थ्रु’ यातायातको भाडादरमा पर्छ । क्रमिक रूपमा उत्पादनको लागतमा पर्छ र अन्तिममा खुद्रा मूल्यमा आउँछ ।’ 

पेट्रोलियम पदार्थपछि रासायनिक मलको आपूर्ति र मूल्यवृद्धिमा समेत असर पार्ने जोखिम बढेको थापाको विश्लेषण छ । उनले भने, ‘गल्फबाट आउन रोकेको कारणले मलको आपूर्तिमा पनि व्यवधान छ । अब त्यसको परिणाम भनेको मूल्य वृद्धिमा पर्नेछ । अब किसानले रासायनिक मलको बढी मूल्य तिर्नुपर्ने हुन्छ । यदि मूल्यवृद्धि भएन भने सरकारले बजेट घाटाबाट त्यसको पूर्ति गर्नुपर्ने हुन्छ । जसको परिणाम अन्ततः सर्वसाधारणमै पर्ने हो ।’ 

पूर्वकार्यकारी निर्देशक थापाका अनुसार नेपाली अर्थतन्त्रले अहिले दुईखाले धक्का व्यहोर्नुपर्ने देखिन्छ । ‘एकतर्फ खाडी मुलुकमा भएको युद्धको प्रभाव र अर्को विकासशील राष्ट्रमा स्तरोन्नतिले निम्त्याएको धक्का । हामीले अहिलेसम्म स्तरोन्नतिपूर्वको कुनै त्यस्तो तयारी गरेनौँ । २४ नोभेम्बरमा त टाइम नै सकिँदै छ । अझै अब त्यसको परिणाम हामीले व्यहोरिरहेका छौँ,’ उनले भने, ‘जापान र वल्र्ड बैंकले हामीलाई ऋणमा लगाउने ब्याजदर त बढाइसक्यो । अब त्यसको प्रभाव वैदेशिक अनुदान र निर्यातमा पर्छ । निर्यातमा अब रुल्स अफ ओरिजिनको मार खेप्नुपर्ने र प्रिफरेन्सियल ट्रिटमेन्ट नेपालले प्राप्त नगर्ने भयो । त्यसैको प्रभाव भनेको निर्यातमै हो । त्यसैले दुईवटा धक्काको व्यवस्थापन सरकारले कसरी गर्छ भन्ने चुनौती छ ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चैत २५ गतेदेखि कोशी पर्यटन महोत्सव आयोजना हुँदै

सुनसरी । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन ह...

सिँचाइ सुविधा विस्तारले व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ मा सिँचाइ सुविधा विस्तार हुन थालेपछि व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । पछिल्लो तीन वर्षमा वडा ...

देउवा अब नेपाल फर्किएलान् ?

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग निकट मानिने नेता प्रकाशशरण महतलाई देउवा कहिले फर्किने हुन् भन्नेबार...

निर्वाचन हारबारे नेकपाको समीक्षा- पश्चिमा प्रभाव र आन्तरिक कमजोरी दुवै जिम्मेवार

एमालेसँगको सम्भावित एकताबारे पनि छलफल

बादलको अभिव्यक्तिले गर्माएको एमाले

काठमाडौं । एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले फागुन २१ को निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार दिएको अभिव्यक...

यसरी चलाएका थिए भट्टले ‘बिचौलिया साम्राज्य’

सिंगापुर र थाइल्यान्डमा घर, स्वदेशमा सयौँ रोपनी जग्गादेखि आधा दर्जन कम्पनीमा लगानी

‘कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित छ’

कर्णाली। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव सञ्जिवकुमार कर्णले कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित भएको बताउन...

एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

गण्डकी । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उ...

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

झापा । पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको ट...

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख १० वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending