Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

कस्तो अचम्मः चौपायाको दाम्लो फुकाएबापत १० हजार रुपैयाँ

बाँधेका चौपायाको दाम्लो फुकाएबापत पनि रकम दिनुपर्छभन्दा अनौठो लाग्ला । तर, दुप्चेश्वर गाउँपालिका १, घ्याङफेदीस्थित चेताङमा त्यसै गरिएको छ । यो खबर आजको कान्तिपुर दैनिकमा छ- किलोमा बाँधिएका पशुचौपाया शुक्रबारदेखि खान नपाएर मर्लान् भन्ने डरले गाउँपालिकाले रकम दिएर पनि तिनीहरूलाई बचाउन त्यस्तो उपाय सुझाएको हो । दाम्लो फुकाउन गाउँपालिकाले १० हजार रुपैयाँ दिएको छ । दोर्जे शेर्पा र दावा शेर्पाले पालेका भैंसी र गाई फुकाउन जान सक्ने कोही नभएपछि त्यसो गरेको थियो । दुवैतिर ठूलो पहिरो र बीचमा गोठ बाँकी रहेपछि त्यहाँ गएर दाम्लो फुकाएर आउनेलाई १० हजार रुपैयाँ दिने गाउँपालिकाले घोषणा गरेको थियो । आइतबार स्थानीय २ युवाले लाङटाङ राष्ट्रिय निकुञ्जको घनाजंगलबीचको भीर गोठमा बाँधिएका ती बस्तु फुकाएका थिए । ४ दिनदेखि भोकै ती गाईबस्तु दाम्लो फुकाएपछि वरिपरि पलाएका घाँसपात खाएर बसेका छन् । ‘पहिरोमा ढुंगा झरिरहेको छ,’ गाउँपालिका प्रमुख योविन्द्रसिंह तामाङले भने, ‘बस्तुभाउ त्यसै मर्न दिनु त भए नि ।’ शुक्रबार मात्रै दोर्जेको भैंसी ब्याएको थियो । उनले आफैं पुगेर पहिरो वारिबाट पाडो नाचेको देखेको बताए । घाँसपात गर्न गएका दोर्जे दम्पती पहिरो गएपछि बिचल्लीमा परेका थिए । सेनाको हेलिकप्टरले उनीहरूलाई बिहीबार साँझ मात्र उद्धार गरी सुरक्षित स्थानमा ल्याएको थियो । तर, उनीहरूले त्यहाँ बाँधिएका भैंसी र गाईका दाम्लो फुकाएर हिँड्न बिर्सेछन् । ‘पहिरो छिचोलेर जान सक्ने अवस्था थिएन,’ तामाङले भने, ‘दाम्लो फुकाएपछि भएका घाँसपात खाएर बाँच्लान् भनेर दाम्लो फुकाउनेलाई इनामको व्यवस्था मिलाइएको हो ।’ चेताङगाउँभन्दा माथिबाट बुधबारदेखि पहिरो जान थालेको हो । पहिरो बढ्दै गएपछि स्थानीय बासिन्दाको बिचल्ली भयो । पहिरोले ११ घर बगायो । ३३ घर क्षतिमा पुगेको छ । ३४ घरपरिवारलाई डेढ घण्टाको दूरीमा रहेको घेवारडाँडामा राखिएको छ । स्थानीय प्रशासन र गाउँपालिका मिलेर १७ घर खोजेर उनीहरूलाई राखिएको हो ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending