Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

यसकारण लेखराज भट्टले पाएको पद पनि गुमाए

काठमाडौ। नेकपा सचिवालयको बैठक बस्नु भन्दा एक घन्टा अघि प्रदेश नम्बर ७ बाट प्रभावशील नेता लेखराज भट्टलाई शीर्ष तहबाट फोन आयो । \'५ नम्बर प्रदेशबाट पनि नेतृत्वमा थारु समुदायबाट सिफारिस भएन, ७ नम्बरबाट दिनु पर्यो ।\' त्यसै पनि पद अनुसार नेता व्यवस्थापनको गम्भीर चुनौती झेलिरहेका नेता लेखराजका लागि यो अप्रत्याशित निर्देश थियो । पहिलादेखि नै तयार भएको सेटमा नयाँ व्यक्ती थप्दा कसैलाई विस्थापन गर्नु पर्थ्यो । पूर्व माओवादी र पूर्व एमालेबीच प्रदेश नम्बर ७ का लागि भीम रावल र लेखराज तथा कर्ण थापा र लक्ष्मण जोशिको नाम मुख्य नेतृत्व तहका लागि सहमती भै सकेको अवस्था थियो । थारु समुदायबाट कसैलाई समेट्न कि लक्ष्मी जोशीलाई लिस्टबाट झिक्नु पर्थ्यो । जोशीको नाम सचिव पदका लागि सिफारिस भएको थियो । तर लेखराजले आफ्नै लागि अप्रीय निर्णय गरे । उनले पुराना थारु नेता सिहराज चौधरीलाई सचिव पदका लागि सिफारिस गरे । सिहराजलाई सिफारिस गर्नुको अर्थ लक्ष्मी जोशी आउट हुनु थियो । लेखराजले एकपटक फेरि त्यागको मनस्थिती बनाए । उनले सचिवका लागि प्रस्तावित लक्ष्मी जोशिलाई सह इन्चार्जमा प्रस्ताव गरे । उनले थारु समुदायबाट नेतृत्व ल्याउन नखोजेको भए या लक्ष्मी जोशिलाई हटाएको भए उनी या भीम रावल मध्ये एक जना इन्चार्ज र अर्को सह इन्चार्ज हुने अवस्था थियो । यस अघि ओली सरकार गठनको बेला तत्कालिन परिस्थितिको आकलन गरि लेखराज भट्टले मन्त्री पदमा बीना मगरलाइ सिफारिस गरेका थिए । एजेन्डाका हिसाबले अखण्ड ७।नम्बर प्रदेशका पक्षधर भट्टलाई थारु विरोधिका रुपमा समेत कतिपयले चित्रण गर्न खोजे । तर नेता भट्टले निर्णायक अवस्थामा आफुले पाएको समेत पद धरापमा राखेर थारु समुदायबाट प्रदेश सचिवमा सिफारिश गरे । नेता भट्ट्ले सिफारिस गरे अनुरूप नै आज बसेको नेकपा सचिवालयको बैठकले प्रदेश नम्बर ७ को इन्चार्जमा भीम रावल, सह इन्चार्जमा लक्ष्मी जोशी, अध्यक्षमा कर्ण थापा र सचिवमा सिहराज चौधरिलाई चयन गरेको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending