Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

मेयर रेणु दाहालको परम्परागत कृषि प्रणालीलार्इ वैज्ञानिक बनाउनुपर्नेमा जोड

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले परम्परागत कृषि प्रणालीलाई प्रतिस्थापन गरी यसलाई वैज्ञानिक, व्यावसायिक र प्रतिस्पर्धी बनाउनुपर्ने बताएकि छिन् । शनिवार राष्ट्रिय दुग्ध विकास बोर्ड हरिहर भवन काठमाडौँले भरतपुरमा आयोजना गरेको दुग्धजन्य पशु वस्तुको आहारा सन्तुलनका लागि मोबाइल एप्सको प्रयोगसम्बन्धी तालिमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । प्रमुख दाहालले निर्वाहमुखी कृषि प्रणालीको अन्त्य गर्दै व्यावसायिक र गुणस्तरीय उत्पादनमा लाग्न किसानहरूलाई आग्रह गरे । अबको कृषि र उत्पादन प्रणाली प्रविधिमैत्री हुनुपर्ने बताउँदै उनले उत्पादन लागत घटाउनु र उत्पादन बृद्धि गर्नु मुख्य विषय भएकोमा जोड दिए । भरतपुर महानगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखी कार्यक्रमहरू अगाडि बढाइरहेको उनले बताए । प्रमुख दाहालले भने, ‘भरतपुर महानगर दुध, तरकारी, फलफूल र खद्यान्न उत्पादनको प्रमुख सम्भावना भएको क्षेत्र हो । यसको विकासका लागि आवश्यक नीति निर्माण र किसानहरु उत्पादनमा सहयोग गर्न महानगर प्रतिबद्ध छ ।’ दूध उत्पादक किसानहरूका लागि भरतपुर महानगरपालिकाले प्रोत्साहन सोरूप प्रतिलिटर २५ पैसा नगद अनुदानको व्यवस्था गरेको भन्दै उनले आगामी बर्षदेखि यसलाई बढाउँदै लैजाने बताउनुभयो । प्रमुख दाहाले मोबाइल एप्स तालिममा सहभागी किसानहरूलाई तालिममा सिकेका सिपलाई व्यवहारमा उतार्न आग्रह गरे । जिल्ला दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष बालकृष्ण उप्रेतीले सन्तुलित र गुणस्तरीय आहाराको अभावका कारण उत्पादन लागत बढ्नुका साथै किसानहरू पशुपालन पेसाबाट विस्थापित भैरहेको अवस्थामा यस मोबाइल एप्स र यस सम्बन्धी तालिम किसानहरूलाई व्यावसायिक उत्पादनमा सहयोगी हुने विश्वास व्यक्त गरे । कार्यक्रममा व्यावसायीक किसान महासंघका उपाध्यक्ष भागिरथ तिमिलसिनाले कृषिलाई व्यावसायीक र आत्मनिर्भर बनाउने सवालमा सरकारले ठोस कार्यक्रम ल्याउन नसकेको बताए । उनले भरतपुर महानगरपालिकाले कृषि र दूध उत्पादनको क्षेत्रमा पुरेयाएको योगदानको प्रसंशा गरे । तालिममा चितवन र नवलपुरका गरी २६ जना अगुवा किसान सहभागी रहेका छन् । चितवनमा दैनिक २ लाख लिटर दूध उत्पादन हुने गरेको छ भने त्यसको आधा हिस्सा भरतपुर महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने गर्दछ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy