Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

के हो मूपात्र जात्रा ? आजदेखि शुरू हुँदै

भादगाउँ।  धार्मिक तथा सांस्कृतिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध परम्परागत मूपात्र (राक्षसको प्रतिक) जात्रा आजदेखि शुरु हुँदैछ । नेवार समुदायमा महत्वपूर्ण जात्राका रुपमा लिइने मूपात्र जात्रा प्रत्येक वर्ष आश्विन कृष्ण द्वितीयादेखि चौथीसम्म मनाइन्छ । मूपात्र राक्षसको प्रतीकको जात्रा भएकाले यस जात्रालाई राक्षस जात्रा पनि भनिन्छ । देवराज इन्द्रका छोरा जयन्तको कथासँग मिल्दोजुल्दो भएको मूपात्र जात्रा द्वापरयुगदेखि सञ्चालनमा आए तापनि मल्लकालमा भक्तपुरका राजा जगतप्रकाश मल्लले देवीपुराण पद्यपुराणको कथा सङ्कलन त्यसका आधारमा दृश्य अनुकरण गरी जात्रा प्रचलनमा ल्याएको संस्कृतिकर्मी बताउँछन् । यस जात्रामा मूपात्र प्रमुख राक्षस र धिःचा नामक अन्य दुई जना सहायक राक्षससहित तीन जनालाई राक्षसको पोसाक लगाई अनुहारमा विभिन्न रङ्ग लगाई शृङ्गारपटार गरी हातमा तरवार समात्न लगाई भक्तपुर नगर पूरै परिक्रममा गराउने प्रचलन छ । मूपात्रलाई नगर परिक्रमा गराउने बेला भक्तपर नगरको टोलटोलमा ठड्याइराखेको यम्वो द्योः (इन्द्रपुत्र)लाई तीनपटक घुमेर तरवारले हान्ने गरिन्छ । त्यसैगरी आज तचपाल टोलका सँला गणेशलाई खटमा राखी भक्तपुर शहर परिक्रममा गराइन्छ । साथै सकुलानका मानन्धरहरुको याँः मता (आकाशे बत्ती)का साथ विभिन्न बाजागाजाको पछाडि मूपात्रलाई राखी नगर परिक्रमा गराइन्छ । जात्राको दोस्रो दिन स्थानीय चोछें टोलको छुमा गणेशको मूर्तिसहितको खट दरबार स्क्वायरस्थित तलेजु भवानीप्रति भक्तिभाव अर्पण गरी सोही स्थानवाट यांमता (आकाशे बत्ती) बाली विभिन्न बाजागााजाका साथ नगर परिक्रमा गराई राती सँला गणेश र छुमा गणेशलाई आ–आफ्नो द्योःछे (देवगृह)मा पु¥याइन्छ । जात्राको अन्तिम दिन आश्विन कृष्ण चौथीका दिन स्थानीय टोमढी टोलमा रहेको आकाश भैरवलाई गुठी संस्थान कार्यालयबाट ल्याइएको बलि सहितको सरकारी पूजा सम्पन्न गरी सकेपछि तल्लो टोलका मानन्धरले बुलुचास्थित ढुङ्गेधारा अगाडि दुई वटा यांमता बालेर आकाश भैरवको खटजात्रासँगै नगर परिक्रममा गरिन्छ । त्यसपछि भक्तपुरको स्थानीय लाकुलाछें टोलमा बनाइने पुलुकिसी ऐरावत हात्ती जात्रा टौमढीबाट भक्तपुर शरहको आधाभन्दा बढी स्थानमा पुगेपछि मात्र तेस्रो दिनमा मूपात्र जात्रा गरिन्छ । ऐतिहासिक देवीपुराण ग्रन्थमा उल्लेख भएअनुसार स्वर्गका देवराज इन्द्रकी आमा वसुन्धरालाई भाद्रशुक्ल चौथीका दिन व्रत बस्न पारिजात फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाइयो । पारिजात फूल खोज्दै जाने क्रममा दैत्यहरुको बगैँचामा परिजात फूल टिप्दै गरेको बेला राक्षसहरुले जयन्तलाई पक्राउ गरी दुई हात पछाडि बाँधेर राख्ने हुनाले जयन्तलाई छुटाउन देवता राक्षसहरु बीचको सङ्ग्राममा देवताको जित भएपछि राक्षसलाई जनतामाझ शहर परिक्रममा गराइएको भन्ने विभिन्न ग्रन्थमा उल्लेख भएबमोजिम ग्रन्थको कथामा आधारित गरी यो जात्रा प्रारम्भ गरिएको किंवन्दती रहेको इतिहास तथा संस्कृतिविद् डा पुरुषोत्तम लोचन श्रेष्ठ बताए । जात्रामा मूपात्रको भाग लिएबापत आजन्म जातपतिया तथा भातपानी नचल्ने दण्ड भोग्नुपर्ने मान्यता रहे पनि मूपात्र जात्रा आज पनि उत्तिकै हर्षाल्लासका साथ मनाइन्छ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending