Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

चमेलीद्वारा १५ प्रतिशत लाभांश वितरण

भक्तपुर। चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७४/७५ मा रु ९५ लाख नौ हजार मुनाफा आर्जन गरेको छ । सूर्यविनायक नगरपालिका– १ र ४ को सिमाना बिरुवामा रहेको सो सहकारीको १६औँ वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष जनार्दन न्यौपानले शेयरधनी र सदस्यको मन जित्दै अगाडि बढ्न सफल भएकै कारण मुनाफा वृद्धि गर्न सफल भएको बताए । विसं २०७५ असार मसान्तसम्म शेयर पूँजी रु दुई करोड ७१ लाख १४ हजार पु¥याएको सहकारीले एक वर्षमा कूल रु ३६ करोड, २२ लाख ७५ हजार कारोवार गरेको छ । अध्यक्ष न्यौपानले सदस्यको चाहनाअनुसार विविध प्रकृतिका बचत तथा ऋणका कार्यक्रम ल्याएर बजार विस्तार गर्दै ब्याजदर, पुनरावलोकन र समायोजन एवं सदस्यलाई आयमूलक तथा व्यावसायिक ऋणमा सहयोग गर्दै आएको बताए । संस्थाका सचिव प्रमोद घिमिरेले संस्थाका सदस्यमा रु २८ करोड ११ लाख ७९ हजार ऋण लगानी गरेको र ऋणि सदस्यबाट साँवा ब्याज भुक्तानीमा विलम्ब हुनु, आयमूलक र सीपमूलक तालीम प्रदान गरी सदस्यलाई व्यावसायिक बनाउन नसक्नु चुनौती भएको बताए । संस्थाका कोषाध्यक्ष शालिकराम घिमिरेका अनुसार चालू आवमा संस्थाको बचत रु छ करोड २० लाख ९४ हजार वृद्धि गर्दै रु २८ करोड ९३ लाख ४१ हजार ८७६ पुगेको बताए । संस्थाको शेयर लाभांश कोषबाट २०७४ पुस मसान्तसम्म शेयर सदस्यलाई शेयर रकमको १५ प्रतिशत लाभांश वितरण गरिएको छ । कार्यक्रममा नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले सहकारी संस्थाबीच अस्वस्थ प्रतिस्पर्धा बढ्नु तथा कानूनी जटिलताको कारण सेवा केन्द्र र कार्य क्षेत्र विस्तार गर्न नसक्नु सहकारी संस्थाका लागि चुनौती बन्दै आएको बताए । उहाँले आवश्यकताअनुसार सहकारी संस्था मर्ज गर्दै ठूलो पूँजीको विस्तार गरी सेवामूलक ढङ्गले सहकारी अगाडि बढ्नुपर्नेमा जोड दिए । सो अवसरमा सूर्यविनायक नगरपालिकाका सहकारी अधिकृत लीलादेवी प्रसाई, जिल्ला सहकारी संस्थाका प्रतिनिधि रामचन्द्र प्रजापति, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि बालमुकुन्द उपाध्याय, त्रिवेणीश्वर सामुदायिक साकोसका प्रतिनिधि हरिबोल न्यौपानेलगायतले सहकारी नाफामुखीभन्दा सेवामुखी हुनसके सदस्य व्यवसायीकरणमा जान सक्ने बताए । कार्यक्रममा ८६ वर्षीय प्रेमप्रसाद मिश्र, ८५ वर्षीया सोमकुमारी मिश्र र सदस्यका छोराछोरीमध्येबाट ऋतु चौलागाई र अभिषेक न्यौपानेलाई पुरस्कार एवं सम्मान प्रदान गरिएको थियो । सामुदायिक विद्यालयबाट यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने सिरुटार माविका सलिना नेपाली, आयुष प्रसाई, अरनिको माविका दीक्षा खड्का, सजन खड्का तथा कुलमाया भगवती आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत विन्दा पौड्याल र कक्षा ३ का राजेश तामाङलाई पुरस्कार एवं सम्मान प्रदान गरिएको थियो । संस्थाको छनोटमा परेका लघुबित्त केन्द्रमध्ये सिकारीटार महिला बचत केन्द्र प्रथम, समृद्धि महिला बचत केन्द्र दोस्रो, जनजागरण महिला बचत केन्द्र तेस्रो, भैरव महिला बचत केन्द्र चौथो तथा लालीगुराँस महिला बचत केन्द्र पाँचाँै भएको छ । नयाँ कार्यसमिति चयन संस्थाको १६औँ साधारणसभाले आगामी चार वर्षका लागि उद्धवप्रसाद चौलागाईको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति निर्विरोध चयन गरेको छ । समितिको उपाध्यक्षमा चन्द्रराज खड्का, सचिवमा मीठाराम न्यौपाने, कोषाध्यक्षमा सालिकराम घिमिरे तथा सञ्चालक सदस्यमा विशेश्वर चौलागाई, सहदेव न्यौपाने, मीना खड्का, नवराज घिमिरे, दीपककुमार न्यौपाने, विनु श्रेष्ठ र श्रीराम न्यौपाने तथा लेखा सुपरिवेक्षण समितिको संयोजकमा प्रमोद घिमिरे, सदस्यमा तीर्थराज चौलागाई र सन्तोष कार्की चयन भएका छन्।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy