Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

बाढीपहिरोबाट तीस करोड क्षति

रुकुम। यस वर्षको बाढीपहिरोबाट रुकुम पश्चिममा रु ३० करोडभन्दा बढी क्षति भएको छ । जिल्ला विपद् व्यवस्थापन समिति रुकुम पश्चिमले जिल्लाका ६ स्थानीय तहबाट लिएको जानकारीअनुसार रु ३० करोड १५ लाख ८२ हजार रकम क्षति भएको पाइएको हो । बाढीपहिरोबाट सबैभन्दा बढी मुसिकोट नगरपालिकामा रु सात करोड दुई लाख १२ हजार बराबरको क्षति भएको छ । यहाँका १५ घर पूर्णरुपमा क्षति भएको र ५१ घरमा आंशिक क्षति पुगेको नगरपालिकाले जनाएको छ । आठविसकोट नगरपालिकामा ३१ घर पूर्णरुपमा क्षतिग्रस्त भएको र १७ घरमा आंशिक क्षति पुगेको छ । यस नगरपालिकामा रु ६ करोड ४३ लाख ३१ हजार क्षति भएको बताइएको छ । चौरजहारी नगरपालिकामा चार वटा घरमा पूर्णरुपमा क्षति पुगेको र २९ घरमा आंशिक क्षति भई रु दुई करोड ५९ लाख ६८ हजार बराबरको क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । यस्तै जिल्लाको सानीभेरी गाउँपालिकामा सात वटा घर पूर्णरुपमा क्षति भएको, १० वटा घरमा आंशिक क्षति भएको र जम्मा ६ करोड ५० लाख पाँच हजार बराबरको क्षति भएको गाउँपालिकाले जनाएको छ । यहाँको त्रिवेणी गाँउपालिकामा भने दुई वटा घरमा पूर्णरुपमा क्षति पुगेको र ६६ वटा घरमा आंशिक क्षति भएको छ । यस गाउँपालिकामा चार करोड चार लाख ६० हजार बराबरको क्षति भएको जानकारी दिइएको छ । सबैभन्दा कम बाँफिकोट गाउँपालिकामा दुई करोड ५१ लाख ३६ हजारको क्षति भएको छ । यहाँका १० घर पूर्णरुपमा क्षति भएको र ३४ वटा घरमा आंशिक क्षति पुगेको गाउँपालिकालेब बताएको छ । यस वर्षको वर्षासँगै आएको बाढीपहिरोले मानवीय क्षति नभए पनि बाढीपहिरोबाट जिल्लामा ३० करोडभन्दा बढीको क्षति हुनु दुःखद भएको प्रजिअ शम्भुप्रसाद रेग्मीले बताए । यहाँको क्षतिको सबै विवरण गृह मन्त्रालय र कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा पठाइएको प्रजिअ रेग्मीले बताए । उनका अनुसार आठविसकोट नगरपालिकाको ३१ घरपरिवारका लागि प्रतिघर ५० हजारको दरले राहत आइसकेको र केही दिनमा उक्त रकम वितरण गरिने बताइएको छ । अन्य स्थानीय तहमा भएको क्षतिको विवरण पनि पठाई सकिएको र राहत माग गरिएको उनको भनाइ छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy