Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

बालिकाको संरक्षणकालागि कानून परिर्वतन गर्न सरकार तयार छः ईश्वर पोखरेल

काठमाडौँ। कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले बालिका संरक्षणका लागि सामाजिक चेतना र जागण्रण अभियान सञ्चालन गर्न जरुरी भएको बताएका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आज आयोजित ‘दोस्रो बालिका सम्मेलन–२०७५’ को उद्घाटन गर्दै उनले भने, “देशमा संविधान कानून बनेका छन्, राजनीतिक प्रतिबद्धता छ, तर अहिले पनि गर्भमै छोरा वा छोरी छुट्याएर, छोरीलाई भए गर्भमै नष्ट गर्ने गरेको देखिन्छ, त्यसलाई रोक्न सामाजिक जागरण चाहिन्छ ।” उनले कानूनमा बालिकाको २० वर्ष उमेर पुगेपछि मात्र विवाह गरिने भए पनि औसत १७ वर्षमा विवाह हुने देखिएकाले त्यसलाई न्यूनीकरण गर्नुपर्ने औंल्याए । नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकभित्र राखेको उल्लेख गर्दै कार्यवाहक प्रधानमन्त्री पोखरेलले भने,“बालिकाको संरक्षणका लागि कानूनी जटिलता भए संविधान, कानून र नियम नै परिर्वतन गर्न भए पनि सरकार तयार छ ।” कार्यवाहक प्रधानमन्त्री पोखरेलले स्थानीय, प्रदेश र केन्द्र सरकार सबैले बालिका हत्या, हिंसा र बलात्कारजस्तो जघन्य अपराध न्यूनीकरण गरी तिनको संरक्षणका लागि काम गर्नुपर्नेमा जोड दिए । उनले बालविवाह, जबरर्जस्ती विवाह, बेचबिखनजस्ता कार्य रोकी बालिकाको संरक्षण गरेर सक्षम र क्षमतावान् नागरिक निर्माणका लागि सबैलाई आआफ्ना ठाउँबाट पहल गर्न आग्रह गरे । सो अवसरमा महिलामन्त्री थममाया थापाले बालिकामाथि हिंसा, हत्या, बलात्कारका घटना रोक्नका लागि सबैलाई एकताबद्ध हुन आग्रह गरे । बेलायती राजकुमार ह्यारीले भिडियो कन्फरेन्समार्फत बालिका सम्मेलनको शुभकामना दिँदै नेपालका बालिकाको उज्ज्वल भविष्यको कामना गरेका छन्। नेपालको संविधानले बालबालिकालाई मौलिक हक प्रदान गरेको छ । बाल संरक्षण नीतिमा बालबालिकालाई पिट्ने वा शारीरिक रुपमा आक्रमण वा शारीरिक दुव्र्यवहार गर्न नहुने, बालबालिकालाई अश्लील चित्र, शब्द वा हाउभाउ प्रस्तुत गर्न नहुने, कुनै पनि बालबालिकालाई कानून विपरीत श्रम वा काममा लगाउन नपाइने लगायत व्यवस्था गरेको छ । ‘सक्षम बालिकाः समृद्ध नेपाल’ नाराका साथ भएको सम्मेलनमा बालिका संरक्षणमा ठोस पहल गर्ने विश्वास लिइएको छ । यसअघि पहिलो सम्मेलन २०७३ मा भएको थियो । पहिलो सम्मेलनको बाल विवाहलाई रोक्ने मूल उद्देश्य थियो । यो सम्मेलनमा जबरर्जस्ती विवाह, हिंसा र बलात्कारजस्ता घटना रोक्नका लागि ठोस छलफल हुनेछ । नेपालले सन् २०३० सम्ममा बालविवाह अन्त्य गर्ने लक्ष्य राखेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो बालिका सम्मेलनका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण बालिकाको सुस्वास्थ्य र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले बालिका सम्मेलनका अवसरमा पठाएको सन्देशमा भनिएको छ, “आजका बालिकालाई उचित शिक्षादीक्षा, स्वास्थ्य चेतना प्रदान गर्दै जीवनोपयोगी ज्ञान र सीपबाट निपुण बनाउनुपर्छ, भोलिका कुशल र सक्षम अभिभावक, देशभक्त, स्वाभिलम्बी र कर्तव्यपरायण बनाउन अहिलेदेखि नै ठोस पहल गर्नु जरुरी छ ।” समाजमा बालिकाप्रति भएका जघन्य अपराधको समाचारले आफूलाई मर्माहत बनाउने गरेको उल्लेख गर्दै उनको सन्देशमा भनिएको छ, “विभिन्न खालका अपराधबाट छोरीहरुलाई संरक्षण गर्नु र जोगाउनु हामी सबैको दायित्व हो, कानूनको शासनको प्रभावकारी कार्यान्वयन गरी अपराधीलाई दण्डित गरी पीडितलाई संरक्षण गर्नुपर्छ ।” बालिकालाई विद्ययमान सामाजिक विकृति र कुसंस्कारबाट जोगाएर आत्मविश्वासी र चेतनशील नागरिकका रुपमा विकसित गर्नु समाज र राज्यको दायित्व भएको उल्लेख गर्दै सन्देसमा बालिकामैत्री कानून कार्यान्वयन गर्नका लागि प्रभावकारी पहल गर्न सबैको ध्यानाकृष्ट गराएका छन् । पहिलो बालिका सम्मेलन बालविवाह न्यूनीकरण गर्न भएको सफलताको समीक्षा गर्दै आजका बालिका भोलिका जिम्मेवार नागरिक भएको हुँदा घरपरिवारदेखि राष्ट्रको वहन गर्न सक्ने बनाउनुपर्ने सन्देशमा उल्लेख छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending