Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

निर्मला हत्या प्रकरणः डिएनए टेस्ट प्रहरीकै प्रयोगशालामा

काठमाडौं। कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा आशंका गरिएका निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र किरणका साथी आयुष विष्टको डिएनए रिपोर्ट आएको छ । परीक्षणले उनीहरूलाई सफाइ दिएको छ । नयाँ पत्रिकामा खबर छ- निर्मलाको शवबाट संकलित नमुना आफूँसँगै राखेर प्रहरीले आशंका गरिएका तीनजनाको रगतको नमुना मात्र केन्द्रीय विधिविज्ञान प्रयोगशाला पठाएको थियो । रगतका आधारमा विधिविज्ञानले तीनजनाको डिएनए विश्लेषण गरेर रिपोर्ट प्रहरीलाई नै पठायो । प्रहरीले आफ्नो प्रयोगशालामा विश्लेषण गर्दा दुईथरी नमुना म्याच नभएको ठहर गर्यो । निर्मलाको शवबाट संकलित नमुना पनि पाएको भए विधिविज्ञानले नै म्याच गर्छ कि गर्दैन भनेर किटान गर्न सक्थ्यो । तर, निर्णायक काम प्रहरी आफैंले गर्यो। आरोपी प्रहरी र उनका आफन्त निर्दोष हुन सक्छन् । तर, उनीहरूलाई सफाइ दिन सरकार किन यति गैरजिम्मेवार बन्यो भन्ने प्रश्नको जवाफ छैन । जनतालाई विश्वासमा लिन सरकारले आवश्यक ठानेकै छैन । निर्मलाको शव पखाल्ने, उनका कपडा धुने, अचानक जलाउने र नक्कली अभियुक्त खडा गर्ने प्रहरी अधिकारीको मनसाय के हो? प्रहरी यति गैरजिम्मेवार र असंवेदनशील किन भयो रु प्रहरी र तिनका आफन्तमाथि नै अनुसन्धान होस् भनेर कञ्चनपुरदेखि ताप्लेजुङसम्मका जनताले प्रदर्शन गरेका थिए । प्रदर्शनमा एकजनाको ज्यान गयो, एकजना अस्पतालमा अचेत छन्, कैयौँ घाइते भए । जनताले यति ठूलो मूल्य चुकाएपछि सत्य–तथ्य जनतासामु राख्ने प्रतिबद्धता जनाएको गृह प्रशासनले संदिग्ध सबैको डिएनए टेस्ट केन्द्रीय विधिविज्ञान प्रयोगशालामा होइन, प्रहरीकै प्रयोगशालामा गरेको छ । अनुसन्धानमा असंवेदनशील प्रहरीले संकलन गरेको डिएनएको नमुनामाथि नै प्रश्नचिह्न उठेको छ । त्यसैले पनि वास्तविक अपराधी पत्ता नलाग्ने खतरा बढेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अनुसन्धानका क्रममा प्रहरीले २ वटा गल्ती गरेको संसद्को राज्यव्यवस्था समितिको बैठकमा खुलासा गरे । सनाखत मुचुल्कामा निर्मलाका बुबा यज्ञराजको औंठाछाप लगाइएको छ । जब कि, मुचुल्का उठाउँदा यज्ञराज भारतमा थिए । ११ गते मुचुल्का बनाउँदा आमालाई पनि हस्ताक्षर गर्न लगाएको र पर्सिपल्ट बुबालाई त्यही मुचुल्कामा औँठाछाप लगाउँदा मिति अघिल्लो परेको प्रहरीको भनाइ छ । प्रहरीले अनुसन्धानमा सुरुमै चरम लापरबाही गरेकाले त्यसपछिको मिहिनेत अर्थहीन बनेको छ । अहिले पनि कञ्चनपुरमा प्रहरीका आधा दर्जन टोली सक्रिय छन् । तर, कसैले पनि सुराकसमेत पाउन सकेका छैनन् । सिआइबीका एसएसपी ठाकुर ज्ञवालीको नेतृत्वमा एक महिनाअघि नै टोली खटिएको थियो । त्यस्तै, प्रदेश प्रहरी कार्यालयबाट पनि खटिएको छ । एसपी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धानमा सघाउन महिला प्रहरीको अर्को टोली कञ्चनपुरमा छ । त्यसबाहेक विशेष ब्युरोलगायत निकायबाट गोप्य टोलीहरू पनि कञ्चनपुरमा सक्रिय रहेको स्रोत बताउँछ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending