Khabar Dabali १९ श्रावण २०८३ मंगलवार | 4th August, 2026 Tue
Investment bank

गोरखा बचत तथा ऋण सहकारीमा ४ अर्ब १२ करोड अपचलन आरोप, चार पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । गोरखा बचत तथा ऋण सहकारी संस्थामा ४ अर्ब १२ करोड रुपैयाँभन्दा बढी अपचलन भएको पाइएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार संस्थाका सञ्चालक तथा सम्बन्धित व्यक्तिहरूको मिलेमतोमा ठूलो रकम हिनामिना भएको निष्कर्ष निकालिएको हो।

सम्बन्धित प्रकरणमा सहकारी अध्यक्ष इमानसिंह राई, प्रमुख कार्यकारी अधिकृत लालबहादुर क्षेत्री, अविनकुमार राई तथा पूर्वलेखा सदस्य कर्णबहादुर राईलाई पक्राउ गरिएको छ।

समितिको प्रतिवेदनअनुसार संस्थामा कुल बचत (ब्याजसहित) ४ अर्ब १४ करोड १३ लाख रुपैयाँ छ भने कर्जा (ब्याज र हर्जानासहित) ४ अर्ब ४६ करोड ४० लाख रुपैयाँ रहेको उल्लेख गरिएको छ। बचतकर्ताबाट उठाइएको ४ अर्ब १२ करोड २ लाख रुपैयाँ जोखिममा परेको जनाइएको छ।

प्रतिवेदनमा संस्थाका सञ्चालक तथा तिनका आफन्तहरूले लिएको ठूलो परिमाणको कर्जा वर्षौंदेखि असुल नभएको उल्लेख छ। गैरसदस्यका नाममा समेत ७८ करोड १५ लाख रुपैयाँ कर्जा प्रवाह गरिएको पाइएको छ। त्यसैगरी एक पूर्वअध्यक्षको नाममा रहेको ऋणको साँवा, ब्याज र जरिबानासहित ५६ करोड ४० लाख रुपैयाँ बक्यौता रहेको छ। उनकी श्रीमतीको नाममा लिएको ३ करोड १४ लाख रुपैयाँ ऋण पनि असुल हुन बाँकी रहेको जनाइएको छ।

समितिका अनुसार वर्तमान तथा पूर्व पदाधिकारी र तिनका निकट सम्बन्धीले लिएको कर्जा कुल ऋणको करिब ७० प्रतिशतभन्दा बढी रहेको छ। अधिकांश ऋण नियमित नभई वर्षौंदेखि साँवा र ब्याज दुवै भुक्तानी नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

संस्थाको सेयर पूँजी १४ करोड ७७ लाख २७ हजार रुपैयाँ रहेको छ भने बचतकर्ता संख्या ३१ हजार ८ रहेको जनाइएको छ। गोरखा अस्पतालमा लगानी गरिएको २५ करोड ३८ लाख रुपैयाँ ऋणसमेत असुल हुन नसकेको समितिले जनाएको छ।

उक्त सहकारी पूर्वमा अन्य सहकारी संस्थासँग समेत जोडिएको समूहद्वारा प्रवर्द्धित भएको प्रचार हुँदै आएको थियो। यस प्रकरणमा थप अनुसन्धान जारी रहेको सम्बन्धित निकायले जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीमा १०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

सर्लाही । सर्लाही प्रहरीले १०९ किलो गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सोमबार बिहान लालबन्दी नगरपालिका–१ स्थित पूर्व–पश...

सडक पार गर्ने क्रममा पिकअपको ठक्कर, झापामा ७० वर्षीय वृद्धको मृत्यु

झापा । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा पिकअप गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सोमबार बिहा...

काठमाडौं उपत्यकासहित २५ भन्दा बढी जिल्लामा बाढीको जोखिम, साना नदी किनारमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित देशका २५ भन्दा बढी जिल्लाका साना नदी तथा खोलामा आज आकस्...

देशभर बाढी–पहिरोको असर : मुख्य राजमार्गहरू अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान साढे ६ बजेसम...

कोशीमा हिक्मत कार्कीमाथि दबाब बढ्दै, मुख्यमन्त्री र दलको नेताबाट हटाउने तयारी

विराटनगर । नेकपा (एमाले) का सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि आफ्नै पार्टीभित्र राजनीतिक दबाब बढेको छ। पार्टी अध्यक्ष केपी शर...

उद्योगी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीको छापा, अवैध कारोबार र कर छलीको आशंकामा अनुसन्धान

विराटनगर । विराटनगरस्थित व्यापारिक घराना देवनरा समूहका अध्यक्ष तथा उद्योगी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीले सोमबार बिहान छापा मारेको छ। प्...

रोल्पा केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प

काठमाडौं । रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ४.४ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द...

आन्दोलन घोषणा गरेको केही घण्टामै पक्राउ परे दुर्गा प्रसाईं, सार्वजनिक शान्ति भंगको आरोप

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सार्वजनिक शान्ति सुरक्षासम्बन्धी कसुरमा पक्राउ गरी हिरासतमा राखेको छ। प्रहरीका अ...

आन्दोलनको घोषणा लगत्तै दुर्गा प्रसाईं पक्राउ

काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेक...

दुर्लभ बुकी फूलले ढकमक्क जलजला, प्रकृतिले सिंगारिएको रोल्पाको स्वर्ग

रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending