Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

एउटा शिशुलाई खोप लगाउन ३० हजार खर्च

घोराही। एउटा बालक स्वस्थ्य, तन्दुरुस्त हुन र रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि सबै प्रकारका खोप लगाउन करीव रू ३० हजार खर्च हुने गरेको छ । एउटा बच्चा जन्मेदेखि १५ महिनाको अवधिसम्म सात पटक ११ प्रकारका खोप लगाउनुपर्ने हुन्छ । निःशुल्क यी खोपका मूल्य भने निकै महङ्गो छ । जिल्ला जनस्वास्थ्य कार्यलयकाअनुसार देशभरका बालकालिकाले लगाउने ११ प्रकारका कुनै पनि खोप नेपालमा बन्दैनन् । अधिकांश खोप छिमेकी देश भारत तथा अन्य मुलुकबाट ल्याउनु पर्छ । शिशुलाई लगाइने ती खोपको हिफाजत पनि उत्तिकै मात्रामा गर्नुपर्ने हुँदा उक्त कार्यालयले जिल्लाका विभन्न स्थानमा खोप भण्डारण केन्द्र समेत स्थापना गरेको छ । एउटा खोपको न्यूनत मूल्य रु ११२ देखि एक हजार ८५० सम्म पर्छ । शिशुलाई लगाइने खोप किनेको मूल्य जोडदा पाँच हजार पुग्छ । यसका साथै पूर्ण खोप लगाउन प्रयोग गर्ने भौतिक सरसामान र मानवीय श्रम सहित लाग्ने सबै खर्च जोड्दा भने एउटा बच्चालाई पूर्ण खोप लगाउनका लागि सरदर रु ३० हजार खर्च हुने उक्त कार्यालका खोप सुपरभाइजर सुनिता पण्डित बताउछन् ।उनकानुसार हाल सरकारले क्षयरोग, भ्यागुते, लहरे खोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, इन्फुलुञ्जा बी निमोनिया, पोलियो, दादुरा रुबेला, जापानीज इन्सेफलाइटिसजस्ता रोग विरुद्धको खोप बालबालिकालाई निःशुल्क प्रदान गरिरहेको छ । सो कार्यालयको तथ्याङ्कअनुसार सरकारले अनुमान गरेको खोपको लक्ष्यमा दाङले राम्रो प्रगति हासिल गरेको छ । आर्थिक वर्ष २०७४/७५मा जिल्लामा बिसीजीमा ८७ प्रतिशत, डिपीटीमा ८५ प्रतिशत, पिसिभिमा ८६ प्रतिशत, दादुरा रुबेलामा ८५ प्रतिशत र जापानीज इन्सेफलाइटिसमा ७२ प्रतिशत लक्ष्य हाँसिल भएको उल्लेख छ । सरकारले गत २०७४ पुस २३ गते दाङलाई पनि पूर्ण खोप जिल्ला घोषणा गरको थियो । बालबालिकालाई रोगबाट सुरक्षित राख्न सबै प्रकारका खोप अनिवार्य लगाउनुपर्ने हुन्छ । हाल जिल्लाका दुईवटा प्राथमिक स्वास्थ्य केन्द्र र ३६ वटा स्वास्थ्य केन्द्रबाट बालबालिकालाई सबै प्रकारका खोप लगाइने गरेका खोप सुपरभाइजर पण्डितको भनाइ छ । त्यसैगरी स्वास्थ्य संस्थाले मात्र खोपको माग धान्न नसकेपछि सबै सरकारी अस्पताल र केही निजी स्वास्थ्य सस्थालाई पनि खोप लगाउने अनुमति दिइएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy