नेपालगन्ज। पश्चिम नेपालका प्रमुख नाकाहरुमध्येको एक नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षको गत आठ महिनाको अवधीमा करिब ५४ अर्बको कारोबार भएको छ ।
नेपालगन्ज भन्सार कार्यालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को आठ महिनामा यो नाकाबाट ५३ अर्ब ९१ करोड ६३ लाख ९९ हजारको कारोबार भएको छ । जसमा आयात ५१ अर्ब ९८ करोड ३० लाख ७४ हजार र निर्यात १ अर्ब ९३ करोड ३३ लाख २५ हजार रुपियाँको भएको जनाइएको छ ।
नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले गत आर्थिक वर्षको तुलनामा चालु आवको आठ महिनामा यो नाकाबाट २ अर्ब ५८ करोड ६९ लाखभन्दा बढी अर्थात पाँच प्रतिशत कारोबार वृद्धि भएको बताए। उनले गत आर्थिक वर्ष २०८१/०८२ को सोही अवधीमा यो नाकाबाट ४९ अर्ब ३७ करोड ५५ लाख ६६ हजार रुपियाँको आयात र एक अर्ब ९५ करोड ३८ लाख ६३ हजारको निर्यात गरेर ५१ अर्ब ३२ करोड ९४ लाख २९ हजार रुपियाँको कारोबार भएको बताए।
गत आवको तुलनामा यो नाकाबाट कारोबार वृद्धि भए पनि निर्यात भने २ करोडभन्दा बढी घटेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।
सो कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्मको आठ महिनामा १२ अर्ब ७५ करोड ४३ लाख ८० हजार रुपियाँ भन्सार राजश्व संकलन भएको छ भने गत आर्थिक वर्ष २०८१/०८२ को सोही अवधीमा १२ अर्ब ६५ करोड ९६ लाख ३८ हजार रुपियाँ राजश्व संकलन भएको थियो ।
चालु आवमा गत आवको आठ महिनाको राजस्व संकलन भन्दा १० करोड रुपियाँ बढी राजस्व संकलन भएको देखिएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।
भन्सार कार्यालयका प्रमुख पौडेलले सबैभन्दा बढी व्यापार छिमेकी देश भारतसँग भएको जनाउँदै गत आठ महिनाको अवधीमा ४८ अर्ब ७८ करोड १७ लाख २७ हजार रुपियाँको कारोबार भएको बताए। उनले पाँच अर्बको कारोबार भने अन्य १९ वटा देशसँग भएको जनाए।
नेपालगन्ज भन्सार कार्यालयका अनुसार भारतबाट सबैभन्दा बढी पेट्रोलियम पदार्थ र खाद्यान्नको आयात हुने गरेको छ भने नेपालबाट सबैभन्दा बढी विभिन्न प्रकारका जडिबुटीको निर्यात हुने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १४ गते, २०८३ - १७:५३
काठमाडौं । नेकपा (एमाले)ले सुनसरीको देवानगञ्ज गाउँपालिकामा पछिल्ला दिनमा उत्पन्न तनावपूर्ण अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एमाले अध्य...
श्रावण १४ गते, २०८३ - १७:४७
काठमाडौं । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। बिहीबार बसेको बैठकले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २...
श्रावण १४ गते, २०८३ - १७:३३
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ सुनसरीको देवानगञ्ज पुगेर हालैको घटनामा ज्यान गुमाएका दुवै व्यक्तिका परिवारसँग भेट गर्ने भएका छन्। गृहमन्त्री गुरुङ...
श्रावण १४ गते, २०८३ - १७:२७
काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बि...
श्रावण १४ गते, २०८३ - १७:१७
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार सुनसरीमा भएको घटनापछि विकस...
श्रावण १४ गते, २०८३ - १७:०९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूको आकस्मिक बैठक बोला...
श्रावण १४ गते, २०८३ - १७:०३
जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर घाइते भएका अर्का युवक विकास ठाकुरको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। जिल्ला प्रशासन कार्...
श्रावण १४ गते, २०८३ - १६:५५
काठमाडौं । सुनसरीमा विकसित सुरक्षा अवस्थाको अनुगमन तथा समन्वयका लागि गृहमन्त्री सुधन गुरुङ सुनसरी जाने भएका छन्। प्रधानमन्त्री बालेन शाहसँग छलफल गर...
श्रावण १४ गते, २०८३ - १६:५०
काठमाडौं। सिरहामा प्रदर्शन हिंसात्मक बन्दै गएपछि आगजनी र तोडफोडका घटना बढ्न थालेका छन्। बिहीबार बिहानदेखि चर्किएको प्रदर्शनका कारण जिल्लाको सुरक्षा अव...
श्रावण १४ गते, २०८३ - १६:४३
जनकपुरधाम । सिरहाको गोलबजारमा जारी तनावका बीच गोली लागेर एकजनाको मृत्यु भएको छ। कर्फ्यु आदेश लागू रहेकै बेला दुई पक्षबीचको झडप थप चर्किएपछि क्षेत्र...



प्रतिकृया लेख्नुहोस्: