Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

यू-१९ एसिया कपः नेपाल र अफगानिस्तान भिड्दै, दबाबमा नेपाल

काठमाडौं। यू१९ एसिया कप अन्तर्गत आफ्नो दोश्रो खेलमा नेपाल र अफगानिस्तान भिड्दै छन् । यति बेला अफगानस्तानले १५ ओभर खेलिरहदा २ विकेटको क्षतिमा ६३ रन जोडेको छ । कमजोर व्याटिङ गरेको नेपालको बलिङ पनि कमजोर देखिएको छ । अघिल्लो खेलमा भारतलाई १९ रनले हराउँदै सनसनीपूर्ण जित हात पारेको नेपालले यो पटक भने आफुलाई मैदानमा खरो उतार्न सकेको छैन् । टस जितेर पहिलो व्याटिङ रोजेको नेपालले खराब ब्याटिङका कारण अफगानस्तानलाई १३२ रनको लक्ष्य दिन सक्यो । नेपाली ब्याट्सम्यानहरु सम्हालिएर खेल्न नसक्दा नेपालले ३८ दशमलब ३ ओभरमा आफ्ना सबै विकेट गुमाएर मात्र १३१ रन बनाउन सक्यो । २१ रनमा चार विकेट गुमाएको नेपालको लागि चौंथो विकेटका लागि कप्तान आशिफ शेख र रोहित कुमार पौडेलले ५३ रनको साझेदारी गर्दै नेपाली पारी उकास्ने प्रयास गरे । आशिफ २० रन बनाएर आउट भए पछि नेपाली टोली फेरी दबाबमा पऱ्यो । नेपालको तर्फबाट सर्वाधिक रन बनाएका रोहित अर्धशतक बनाउनबाट चुके । ८८ बलको सामना गरेका उनले सात चौकाको मद्धतमा ४९ रन जोडे । नेपालको लागि रोहितले आक्रमक खेलेका रसिद खानसँग आठौं विकेटका लागि ३८ रनको साझेदारी गरे । रसिदले २५ बलमा पाँच चौका र एक छक्का प्रहार गर्दै २९ रनको योगदान दिए । नेपालका ओपनर रवि कुमार शाह १८ बलमा दुई रन बनाएर आउट भए भने अर्का ओपनर २० बलमा दुई चौकाका मद्धतमा १० रन बनाउन सके । चौंथो नम्बरमा ब्याटिङ गर्न आएका सन्दिप जोराले सात बल खेलेता पनि खाता पनि खोल्न सकेनन् । नम्बरमा ब्याटिङ गर्न आएका पवन सर्राफ पाँच बल खेल्दै शुन्य रनमा आउट भए । त्यस पछिका ब्याट्सम्यानहरुमा भिम सार्की ५, कमल सिंह ऐरी ०, सागर ढकाल १ तथा सुर्य तामाङ ० रनमा पेभेलियन फर्किए । नेपाली पारी ध्वष्त पार्ने क्रममा अफगानिस्तानका अजमतुल्लाह ओमरजाईले नेपालका चारै जना शुरुवाती चार विकेट लिए । नौं ओभर बलिङ गरेका उनले चार मेडन ओभर राख्दै १४ रन र्चिएर चार विकेट हात पारे । त्यस्तै क्वासी अहमद र अब्दुल रहमानले पनि पनि दुई दुई विकेट हात पारे । नेपालले आज एउटा परिवर्तन गरेको छ । आजको खेलमा रबिन्द्र जंग शाहीको स्थानमा रित गौतम प्लेइङ ११ मा छन् । समुह ए मा रहेका नेपाल र अफगानिस्तानले एक एक खेल खेलेका छन् । नेपालले पहिलो खेलमा भारतसँग १७१ रनको हारको सामना गरेको थियो भने अफगानिस्तानले युएईलाई पाँच विकेटले पराजित गरेको थियो । आजको खेलमा जित निकालेमा नेपालको सेमिफाइनल पुग्ने आशा जिवित नै रहन्छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy