Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

के नैतिक शिक्षाको अभावमा मानवता हराएको हो ?

चितवन। युवा पुस्तामा नैतिक शिक्षाको अभाव हुँदा मानवता हराउँदै गएको छ । मानवता हराउँदा ज्येष्ठ नागरिकले आफ्नै परिवारबाट अपहेलित भएको महसुस गर्दै आएका छन् । न्यूनवर्गीयदेखि सम्पन्न परिवारसम्मका ज्येष्ठ नागरिक अभिभावक विहीन बनेका छन् । गलेश्वर आश्रम देवघाटका पिठाधीश आत्मानन्द गिरी ज्येष्ठ नागरिक अभिभावकविहीन बनेको बताउछन् । दुई सयभन्दा बढी वृद्धवृद्धा आश्रममा राखेर पालनपोषण गर्दै आएका गिरीको भनाइमा युवा पुस्तामा मानवीय मूल्य मान्यता र नैतिक शिक्षामा कमी आएको छ । स्वदेशमा छोराछोरी रहेका र विदेशमा रहेका दुबैको पीडा आफूले देखेको उनले बताए । आफूले जन्माएर, हुर्काएर, बढाएर, पढाएर योग्य बनाएका छोराछोरी बूढेसकालका अभिभावक भएको भए पनि उनीहरुले अभिभावकत्व दिन नसकेको गिरीले बताए । उनले भने, “आफैले जन्माएका सन्तानले अभिभावकत्व जिम्मेवारी पूरा गर्न सकेका छैनन् । अभिभावकको अभावमा वृद्धवृद्धा पीडित छन् ।” बूढेसकालमा मानसम्मान र सेवा परिवारबाट पाउनुपर्नेमा तिरस्कृत भएको अनुभव वृद्धवृद्धाले गर्ने गरेको उनले बताए । सम्पन्न परिवारका छोराछोरी विदेश रहँदा यहाँ बसेका बाबुआमा घरको चौकीदारको रुपमा तड्पिरहेको उहाँको भनाइ छ । सम्पन्न मुलुकमा गएका सन्तानले त्यही बाबुआमा बोलाउने भए पनि बाबुआमा जान मान्दैनन् । त्यहाँ बिहानदेखि रातिसम्म छोराबुहारी काममा व्यस्त हुँदा बाबुआमा एक्लो बस्नुपर्नेहुन्छ । नेपालमा साथीभाइ र छरछिमेकमा जान पाउने भएकाले वृद्धवृद्धाको रोजाइ यही हुनेगर्दछ । सम्पत्ति बेच्न पनि नपाउने, एक्लै बस्नुपर्ने हुँदा त्यस्ता वृद्धवृद्धाको पीडा कहालिलाग्दो रहेको पाइन्छ । गिरीको सुझाव छ “पाठ्यक्रममा नैतिक शिक्षा समावेश नगरेसम्म सुधार हुनसक्दैन ।” देशका ११ ठाउँमा मानवसेवा आश्रम सञ्चालन गर्दै आउनु भएका रामजी अधिकारी पछिल्लो समय मानवतामा कमी नभएर ह्रास आएको टिप्पणी गछृन् । बाबुआमाको मुख हेर्ने दिनमा तस्वीर खिचेर फेसबुकमा राख्नका लागि गरिएका सम्मानबाहेक अन्तरआत्माबाट उहाँहरुप्रति गरिने सम्मानमा निकै कमी रहेको उनले बताए । पाँच सय ५० भन्दा बढी असहाय वृद्धवृद्धाको पालनपोषण गर्दै आएका अधिकारी आमाबुबामाथिको सम्मान, इज्जत दिने संस्कारमा कमी आएको बताउछन् । उनी पनि स्कुलको पाठ्यक्रममा नैतिक शिक्षा नहुँदा यो समस्या उत्पन्न भएको बताउछन् । देशका धेरै वृद्धाश्रम भरिभराउ रहेको भन्दै उहाँले बाल्यकालदेखि नै उनीहरुलाई मानवता र नैतिक शिक्षा दिन सकेमा बाबुआमाप्रतिको सम्मान जगाउन सकिने बताए । स्कुले विद्यार्थीलाई वृद्धाश्रम, मानव आश्रम, बाल आश्रम लगेर त्यहाँको सञ्जीव चित्रण गराउन सकेमा उनीहरुमा मानवता पैदा हुने अधिकारीले बताए । तत्कालीन जिल्ला विकास समितिका सभापति विष्णु घिमिरे मानवता हराउँदा वृद्धावृद्धाको अवस्था दयनीय बन्दै गएको बताउछन् । पैसा दिएर सम्मान गर्न खोज्ने चलन बढेको भन्दै उहाँले सन्तान नजिक भए मात्रै वृद्धवृद्धा सन्तुष्ट हुने बताए । उनले भने, “सन्तान साथमा हुँदा मात्रै वृद्धवृद्धाले आनन्दको अनुभव गर्छन् ।” धनी र गरीब दुवै वर्गका वृद्धवृद्धा समस्यामा रहेको उनले बताए । नहुने अभावमा पीडित रहेका र हुनेले उपभोग गर्न नसकेर पीडामा बाच्नु परेको उनको तर्क छ । पैसा भएर पनि किनेर ल्याउनसक्ने अवस्था नहुँदा सम्पन्न परिवारका वृद्धवृद्धामा सुख, सन्तोष नभएको र एक्लोपनको पीडामा बाँच्नु परेको घिमिरेको भनाइ छ । विकसित देशमा युवाले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने गरेको भए पनि नेपालमा त्यसो हुन नसकेको उनले बताए । पश्चिमी मुलुकबाट धेरै कुरा नेपालीले सिकेको भन्दै उहाँले ज्येष्ठ नागरिकलाई गर्नुपर्ने सम्मानका बारेमा भने बुझ्न नसकेको बताए । उनले भने, “सम्मान गर्ने संस्कारको दरिद्रता छ ।” प्रदेश सांसद समेत रहनुभएकी समाजसेवी गीता वाग्ले मानवीय भावनाको विकास सानै उमेरदेखि गराउनुपर्ने बताउछन् । उनले भने, “धेरै ज्येष्ठ नागरिकको अवस्था दयनीय छ ।” देवघाटमा रहेको रोटरी करुणालय सहितका वृद्धश्रममा सहयोग गर्दै आएकी वाग्ले सन्तानलाई आफ्ना बाबुआमाको सम्मान गर्न नैतिक शिक्षा दिइनुपर्नेमा जोड दिन्छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy