Khabar Dabali २६ असार २०८३ शुक्रबार | 10th July, 2026 Fri
Investment bank

होटेल र पानी उद्योगलाई कारबाही

खबरडबली संवाददाता

सर्लाही। सर्लाही सदरमुकाम मलङ्गवामा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको अगुवाइमा अनुगमन गरी लापर्बाही भेटिएका होटेल र पानी उद्योगलाई कारबाही गरिएको छ ।

मधेश सरकारका गृहमन्त्री महतोसहित सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, खाद्य व्यवस्था तथा गुण नियन्त्रण कार्यालय मधेश प्रदेश तथा सर्लाही कार्यालयका प्रतिनिधि र अन्य प्राविधिकसहितको टोलीले बुधबार साँझ अबेरसम्म मलङ्गवाका होटेल र पानी उद्योगको अनुगमन गरेको थियो । त्यस क्रममा मापदण्डविपरीत र लापर्बाही ढङ्गले सञ्चालन गरिएका सात वटा होटेललाई जरिबाना तिराइएको छ भने दुई वटा पानी उद्योग बन्द गराइएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । 

मलङ्गवास्थित कुसुम पार्टी प्यालेस एन्ड होटेलले अखाद्य वस्तु बिक्री गरेको पाइएपछि सबैभन्दा धेरै एक लाख पाँच हजार रुपियाँ जरिबाना तिराइएको छ । यस्तै मलङ्गवामै रहेका ग्रिन बेम्बो, न्यू हट अप र पन्चवटी होटेललाई १५ हजार रुपियाँ तथा नवरङ्ग, महेन्द्र र अन्नपूर्ण होटेललाई २० हजार रुपियाँ जरिबाना तिराइएको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए। 

यस्तै मन्त्रीसहितको अनुगमन टोलीले मेसिनबाट पानी भर्नुको साटो हातले भर्ने गरेको मलङ्गवा ९ मा रहेको जोया वाटर इन्डस्ट्रिज (प्रेम वाटर) र लेबलिङ नै नभएको पानी बेच्ने साह ग्रुप अफ इन्डस्ट्रिज (ब्ल्यु वाटर) मलङ्गवा शिवसागर चोकलाई समेत कार्बाही गरेको छ । प्रेम वाटरको उत्पादन तथा बिक्रीवितरणमा रोक लगाइएको छ भने नवीकरणसमेत नरहेको ब्ल्यू वाटरलाई बन्द नै गराइएको छ । 

प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री महतोले आफू अनुगमनमा पुग्दा अधिकांश होटेलको किचेन अत्यन्त फोहोर रहेको, सरसफाइमा बेवास्ता गरेको, अखाद्य वस्तु राख्ने गरेको, कुहिन थालिसकेका वस्तु र गुणस्तरहीन खाना सेवाग्राहीलाई खुवाउने गरिएका जस्ता विकृति देखिएको बताए । अनुगमन पुग्दा धेरैजसो होटेलमा बाहिर चिटिक्क सजावट रहेको तर भित्र किचेनमा छिर्दा अत्यन्त फोहोर पाइएको मन्त्री महतोले बताए। 

सर्लाही र धनुषाका होटेलको अनुगमन गरेपछि यी दुई जिल्लाका बाँकी होटेल तथा प्रदेशका अन्य जिल्लामा पनि होटेल व्यवसायीले सरसफाइतर्फ ध्यान दिन थालेको सूचना प्राप्त भएको मन्त्री महतोले बताएको छन् । अनुगमनका क्रममा बरामद भएको अखाद्य वस्तु तथा खाना नष्टसमेत गरिएको मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले जनाएको छ । 

मन्त्री महतोसहितको टोलीले यसअघि मङ्गलबार सर्लाहीको लालबन्दी, हरिवन, नयाँरोड, बागमती र बरहथवाका होटेलको अनुमगन गरी लापर्बाही गर्ने एक दर्जन होटेललाई चार लाख रुपियाँभन्दा बढी जरिबाना तिराएको थियो

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युवालाई रोजगारी र पारिश्रमिकसहितको प्रशिक्षण विस्तार गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै विभाग तथा निकायलाई युवाका लागि रोजगारी, पारिश्रमिकसहितको प्रशिक्षण तथा स्...

प्रधानमन्त्री शाहले ऊर्जा उद्यमीसँग आज छलफल गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र शाह (बालेन) ले आज ऊर्जा क्षेत्रका उद्यमीहरूसँग छलफल गर्ने भएका छन्। उद्योगी–व्यवसायीसँग भेटघाटलाई...

भूमध्य सागरको तापक्रममा नयाँ कीर्तिमान

काठमाडौँ। स्पेनको भूमध्यसागरीय क्षेत्रमा समुद्री सतहको तापक्रमले नयाँ कीर्तिमान कायम गरेको छ। जुन महिनाको अन्त्यमा यहाँको औसत समुद्री तापक्रम २६।६३ डि...

होटेल र पानी उद्योगलाई कारबाही

सर्लाही। सर्लाही सदरमुकाम मलङ्गवामा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको अगुवाइमा अनुगमन गरी लापर्बाही भेटिएका होटेल र पानी उद्योगल...

कर्णाली नदीमा बेपत्ता मध्ये थप दुई जनाको शव फेला

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता भएकामध्ये थप दुई जनाको शव बिहीबार साँझ फे...

नाकामा रोक, नेपालगन्ज बजारमा भारतीय आँपको बिक्री

नेपालगन्ज। सर्वसाधारण नेपालीलाई भारतबाट आँप ल्याउन रोक लगाइएको छ। सीमापारि रुपैडिहाबाट दुई किलो आँप लिएर आएका सर्वसाधारणलाई समेत नेपाल–भारत सीमा नाका ...

धोबीखोलामा हाम फालेकी महिला मृत फेला, परिचय खुल्न बाँकी

काठमाडौं । काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, ती...

राष्ट्रियसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक’ पारित

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका तर्फब...

धोबीखोलामा महिलाले हाम फालिन्

काठमाडौं । काठमाडौंको कालोपुल र रातोपुलबीच पर्ने धोबीखोलामा एक महिलाले हाम फालेकी छन्। घटनापछि उनको खोजीका लागि नेपाल प्रहरीले खोज तथा उद्धार कार्य अघ...

सुकुमवासीको मानवअधिकार सुरक्षित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले सुकुमवासीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादामाथि असर पर्ने कुनै पनि कदम नचाल्न नेपाल सरकारलाई निर्देशन दिए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending