Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

कार्यकर्तालाइ निराश नहुन कृषिमन्त्री खनालको आग्रह

सिन्धुली । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले सरकारले स्थानीय किसानको समस्या समाधान गर्न लागि परेको बताएका छन् । नेकपा सिन्धुलीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री खनालले यस्तो बताएका हुन् । उनले सिन्धुलीको स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्र्तराष्टिय रुपमा पुर्याउन सरकारले प्रधानमन्त्री आधुनिकीकरण परियोजनाका रुपमा जुनारका लागि सुपरजोन क्षेत्र तोकेको बताए । कार्यकर्तासँगको अन्र्तक्रियामा उनले आफूले कृषि क्षेत्रको विकासका लागि ठोस योजनाका साथ काम गर्ने उल्लेख गरे । नेकपा माओबादीका स्थायी समिति सदस्य समेत रहेका खनालले पार्टीमा देखिएका केही अन्तरविरोध देखिएपछि त्यसबाट कार्यकर्ता निराश हुनुपर्ने अवस्था नरहेको बताए । उनले अहिले देश नयाँ संघीय संरचनामा गएकाले प्रदेश र स्थानीय सरकारले गर्ने काममा केही अन्योलता देखिएपनि त्यस्को समाधानका लागि मन्त्रिपरिषदमा निरन्तर छलफल भइरहेको उल्लेख गरे । पाँच बर्षका लागि आएको स्थायी सरकारबाट जनताले केही बढी अपेक्षा राखेकाले पहिलो बर्षमा नै केही अन्योलताले निराश हुने स्थिति आए जस्तो देखिए पनि नआत्तिन कार्यकर्ता तथा नागरिकलाई आग्रह गरे । अहिले केन्द्रमा पार्टी एकता भइसकेको र तल्लो तहमा पनि एकता छिट्टै हुने उनको भनाई थियो । सरकारले शुरुवातमा राम्रो काम गर्न नसकेको उनको स्वीकारोक्ति थियो । तर अहिलेको सरकारले राम्रा कामको जग बसाल्दै गरेको भन्दै प्रधानमन्त्रीले भने जस्तै तीन वर्षमा वाह भन्ने काम गरेर देखाउने उनको दावी थियो । ‘पहिलो वर्षमा राम्रो काम भएन भनेर नआत्तिनुस्, कार्ययोजना बनाउनुस् र दोस्रो वर्षमा कार्यान्यनमा ल्याउनुस्, तेस्रो वर्षमा वाह वाह भन्ने गरी काम गर्नुस् भन्ने प्रधानमन्त्रीको निर्देशन छ, उनले भने । कृषि क्षेत्रको विकास लागि आफूले केही राम्रा योजना तथा कार्यक्रमहरु सुरु गरेको उनले बताए । विगतमा कांग्रेस नेतृत्वको सरकारले झन्डै ८ खर्ब रुपैयाँ स्रोत सुनिश्चितता गरी दायित्व तिर्नुपर्ने भार थपेकालेअहिलेको सरकारले ऋण तिरिरहेको उनको भनाई थियो । मन्त्री खनालले पहिले अस्थिर सरकारलाई जस्तो आलोचना गर्ने अवस्था अहिले नरहेको भन्दै अधिकतम उत्पादनमा जोड दिन आग्रह गरे । पूर्व कृषि मन्त्री हरिबोल गजुरेलले आपूmले किसानका पक्षमा केही राम्रा कार्यक्रम ल्याएपनि त्यस्को कार्यान्वयन हुन नसकेको बताए । उनले किसान पेन्सन, प्रधानमन्त्री आधुनिकीकरण लगायतका कार्यक्रमहरु आपूmले अघि सारेको बताए । उनले अहिलेको स्थायी सरकारले पनि किसानमूखी कार्यक्रम ल्याएकाले त्यस्को कार्यान्वयनमा जोड दिनुपर्ने बताए । गजुरेलले कृषि, पर्यटन र उर्जाका माध्यमबाट देशको आर्थिक समृद्धि र विकास सम्भव रहेको बताए । सो कार्यक्रममा कार्यकर्ताहरुले पनि जिल्लामा देखिएको समस्या, सम्भावना र सरकारले केही क्षेत्रमा सहयोग गर्नुपर्ने बारेमा सुझाव राखेका थिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy