Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

कैलालीमा सुरक्षा योजना कार्यान्वयन

धनगढी। नजिकिँदै गएको बडादशैँ, दीपावली र छठपर्वको समयमा कुनै अवाञ्छित एवं आपराधिक घटना हुन नपाओस् भनेर जिल्ला प्रहरी कार्यालय कैलालीले सुरक्षा कार्य योजना कार्यान्वनमा ल्याएको छ । बुधबार जिल्ला प्रहरी कार्यालयमा आयोजित अन्तक्र्रिया कार्यक्रममा कार्यालयका प्रमुुख प्रहरी उपरीक्षक विनोद घिमिरेले चाडपर्वको समयमा आपराधिक एवं अवाञ्छित घटना बढ्न सक्ने भन्दै यस्ता घटना हुन नदिनका लागि सुरक्षा कार्य योजना कार्यान्वयनमा ल्याइएको जानकारी दिए । सुरक्षा कार्य योजनाअन्तर्गत चाडपर्वको समयमा कार्यालयको सुरक्षामा खटिने प्रहरीबाहेक ७३२ प्रहरी र आवश्यकताअनुसार सादा पोशाकका प्रहरी परिचालन गर्न लागिएको छ । यस्तै चाडपर्वको समयमा गन्तव्यमा जाने यात्रुलाई लक्षित गरी कैलालीको प्रमुख सीमानाका त्रिनगर भन्सार सीमानाका साथै धनगढी, अत्तरिया र लम्कीमा ‘हेल्प डेस्क’ ९सहायता कक्ष० समेत स्थापना गर्न लागिएको छ । त्रिनगर भन्सार सीमा नाकामा पहिलोपटक अपराध अनुसन्धानमा प्रयोग हुने कुकुरको व्यवस्थासहितको ‘हेल्प डेस्क’ स्थापना हुन लागेको जनाइएको छ । चाडपर्वको समयमा सीमा क्षेत्रमा बढ्न सक्ने आपराधिक गतिविधिलाई निरुत्साहित गर्न सीमापारि भारतीय प्रहरीसँग पनि समन्वयको व्यवस्था मिलाइएको छ । सुरक्षा योजनाअन्तर्गत नगर क्षेत्रमा सादा पोशाकका प्रहरी टोली, मोटरसाइकल गस्ती र मोबाइल गस्ती, पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको अत्तरियादेखि चिसापानीसम्म आवश्यकताअनुसार प्रहरीको थप गस्ती टोलीको व्यवस्था पनि गरिएको छ । यातायातका साधनमार्फत् गन्तव्यमा जानेको यात्रा सहज र सुरक्षित बनाउनका लागि निगरानी गर्ने व्यवस्था मिलाइएको र आफ्नो गाउँठाउँमा कुनै प्रकारको असुरक्षाको वातावरणको स्थिति देखिएको अवस्थामा तत्कालै जिल्ला प्रहरी कार्यालयको टेलिफोन नम्बर १००,१०४ वा ९१५२१०८६ मा फोन गर्न सकिने पनि प्रहरी उपरीक्षक घिमिरेले आग्रह गरे।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending