Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

अतिक्रमित ५० टहरा भत्काइयो

घोराही। आफूहरुलाई सुकुम्बासी भन्दै खोला र वनको जग्गामा जबर्जस्ती बनाएका ५० टहरा आज वन कार्यालय, वडा प्रहरी कार्यालय र घोराही उपमहानगरपालिका वडा नम्बर १३ र १४का वडाध्यक्षले भत्काएका छन् । घोराहीको सेवार खोलाको वारी १३ नम्बर वडाको जग्गा र १४ नम्बरमा रहेको बहुउद्देश्यीय पशुपति महिला सामुदायिक वन समूहको जग्गामा केही व्यक्तिले जबर्जस्ती केही दिनदेखि टहरा बनाउन शुरु गरेका थिए । पटक पटक वनको जग्गा अतिक्रमण गरेपछि आफूहरुले बाध्य भएर वन कार्यालयमा उजूरी हाल्नुपरेको महिला वन समूहका सचिव कृष्णा रानाले बताए । वन र खोला पारिको खाली जग्गा अतिक्रमण गरी टहरा बनाउँदै र बेच्दै गरेको थाहा पाएपछि सबै टहरा एकै पटक भत्काइएको उनले बताए । बुधबार अपराह्नदेखि सेवार खोलाका छेउमा रहेको सामुदायिक वनको जग्गाका करीब ५० परिवारले एकै पटक टहरा निर्माणको काम थालेका थिए । सामुदायिक वनका पदाधिकारीले भत्काउनभ आग्रह गर्दा नमानेपछि वन कार्यालयका सुरक्षाकर्मीले उक्त टहरा भत्काएका थिए । वनको जग्गा अतिक्रमणमा परेको थाहा पाएपछि आफूहरु तुरुन्त कारवाहीमा उत्रिएको वन कार्यालयका सहायक वन अधिकृत भक्तबहादुर चौधरीले जानकारी दिए । उनले कुनै पनि हालतमा आफूहरुले वनको जग्गा अतिक्रमणमा पर्न नदिने बताए । टहरा बनाउँदै गरेका स्थानीयवासी भने आक्रोशित भएका छन् । उनीहरुले आफूहरुको बास नभएकाले जति भत्काए पनि फेरि बनाउने भन्दै वनका कर्मचारीसँग झगडा गरेका थिए । पछि वडा कार्यालयबाट प्रहरी पुगेपछि भने उनीहरु शान्त देखिएका थिए । त्यहाँका केही व्यक्तिसँग बुझ्दा वनको जग्गा अतिक्रमण गर्नेहरु प्रायःको आफ्नै घर छ भने केही डेरामा बस्दै आएका छन् । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy