Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

विभिन्न बहानामा यसरी ठगिन्छन् उपभोक्ता

तुलसीपुर। दैनिक उपभोग्य सामग्रीको मूल्य दिन प्रतिदिन बढिरहेको छ । एकाएक मूल्य बढ्दा उपभोक्तासँगै व्यवसायी पनि आजित भएका छन् । नेपालीको महान् चाडपर्व दशैँ, तिहार नजिकिँदै गर्दा उपभोग्य सामग्रीमा पनि निकै मूल्यवृद्धि भएको स्वयं व्यवसायी बताउँछन् । हाल बजारमा चिनी, तेल, आटा, मैदालगायतका वस्तुमा मूल्यवृद्धि भएको छ । जब चाडपर्व आउँछ सोही समयमा मूल्यवृद्धि हुँदा उपभोक्ता निकै मारमा पर्ने गरेको उपभोक्ता चेतना वलीले बताए । “हामी उपभोक्ता विभिन्न बहानामा ठगिने गरेका छौँ”, उनले भने । हाल बजारमा चिनीमा प्रतिकेजी रु पाँच, मैदामा रु १०, तेलमा रु ३० सम्म वृद्धि भएको छ । यसअघि प्रतिलिटर रु १३५ पर्ने तोरीको तेल रु १६५ देखि ७० सम्म पुगेको छ । त्यस्तै मैदा रु ४५ प्रतिकिलोबाट एकाएक बढेर रु ५५ पुगेको व्यवसायी बताउँछन् । “एक दुई दिनमै मूल्य अकासिएको छ, उपभोक्तालाई कसरी बुझाउने समस्या छ”, व्यवसायी हेमराज गौतमले भने । व्यवसायीले आफूहरुले महङ्गो मूल्यमा खरिद गर्नुपरेकाले उपभोक्तालाई पनि सोहीअनुरुप थोरै नाफा खाएर बेच्नुपर्ने बताउँछन् । त्यसैगरी जिल्लाका मुख्य बजार तुलसीपुर, घोराही, लमहीमा महङ्गीको समस्या देखिएको बताइएको छ । तुलसीपुर उद्योग वाणिज्य सङ्घअन्तर्गत किराना व्यवसायी उपसमितिका संयोजक जनक रावतले पनि विभिन्न उपभोग्य सामग्रीमा मूल्यवृद्धि भएको बताए । उहाँले सबैभन्दा धेरै आटा, मैदा, तेलमा मूल्यवृद्धि भएको बताए । तुलसीपुर उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष रामप्रसाद चालिसेले ठूला व्यवसायीले कृत्रिम अभाव सिर्जना गरेका कारण मूल्यवृद्धि भएको बताए । “यहाँ मूल्यवृद्धि भएको होइन, ठूला व्यवसायी र कारखानाले कृत्रिम अभाव सिर्जना गरेकाले यस्तो समस्या भएको हो”, उनले भने । अब छिट्टै बजार अनुगमन गर्ने उनको भनाइ थियो । तर बजारमा हालसम्म पनि अनुगमन नभएको उपभोक्ताले गुनासो गरेका छन् । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy