आश्विन २१ गते, २०७५ आइतवार 7th October, 2018 Sun१३:२९:२२ मा प्रकाशित
कञ्चनपुर।कञ्चनपुरको बेदकोट नगरपालिका–३ भम्काका ४८ वर्षीया मनवीर टमटा शुक्रबार बिहान गाउँ नजिकै निर्माण व्यवसायीको क्याम्प नजिकै मजदूरी गरिरहेको अवस्थामा भेटिए ।
विसं २०४६ मा बझाङ्को बुगङ्लबाट बसाइँ सरेर यहाँ आएका टमटाको लामो समयदेखि रोजगारीको गन्तव्य भने भारतको बैङ्लोर बन्यो । केही समयअघि घर आएका टमटा बस्तीको विकास देखेर भने दङ्ग परेका छन् । कञ्चनपुरको उत्तर सिरानमा रहेको चुरेसँगै जोडिएको बस्ती हो भम्का । भौगोलिकता विकटतासँतै विभिन्न खाले समस्यासित ग्रसित भम्का पछिल्लो समय विकासको ढोका खल्न थालेको स्थानीयवासीको भनाइ छ ।
“पहिले कुवा खनेर गाउँले मिलेर पानीको प्यास मेटायौंँ” टमटाले विगत सम्झिदै भने,“अहिले त गाउँको बीचबाट नहर बन्ने खुशीले गाउँले दङ्ग छन् ।” राम्रोसित खानेपानीको समेत प्यास मेटाउन नपाएका स्थानीयवासी नहर निर्माणसँगै सिँचाइको प्रबन्ध हुने भएपछि खुशी छन् । “अहिले पनि खेती र सिँचाइका लागि आकाशको पानीकै भर पर्नुपर्छ,” टमटाले रासससित भने, “पहिलेको भन्दा त अहिले गाउँमा धेरै विकास भइसक्यो ।”
गाउँबाट डेढघण्टा हिँडेर बेदकोटकै सिसैया पुगेर कुटानीपिसानी गर्नुपरेको विगत सम्झिदै उनले भने,“देशको अवस्था ठीक भए त विकासमा समय नै नलाग्दो रै छ ।” विसं २०५५ पछि मात्रै पानीका लागि गाउँमा नल्का जडान गर्न थालिएको उनले बताए । “अहिले चुरेको चोरपानीबाट पाइप जडान गरेर गाउँमा सार्वजनिक धारा समेत जडान गरिएका छन्,” टमटाले भने,“अहिले त सडक पनि धेरै बनिसके ।”
बस्तीमा लामो समयदेखि सिँचाइको समस्या रहेको बताउँदै स्थानीयवासी गगने ओखेडाले आकाशको पानीको भरपर्दा धेरै पटक खेत नै बाझो रहेको बताए । “अहिले त गाउँमै ठूलो नहर बन्दै छ,” उनले भने, “मुआब्जाको काम सकेर नहर छिटो निर्माण गर्न गाउँलेले पनि सहयोग गर्नुपर्छ ।” उक्त क्षेत्रमा स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकासका गतिविधि बढेको उनको भनाइ छ ।
तीन वर्षअघि बझाङ्बाट बसाइँ सरेर यहाँ आएका ओखेडाले गाउँमै खेती किसानीबाट परिवारको जोहो गरिरहेको बताए । महाकाली सिँचाइ तेस्रोचरण अन्तर्गत बेदकोट नगरपालिकादेखि शुक्लाँफाटा नगरपािलकोको फुलेली गाउँसम्म १५ किलोमिटर नहर निर्माणको अन्तिम तयारी भइरहेको छ ।
तेस्रोचरण अन्तर्गत महाकाली सिँचाइ आयोजनाले झण्डै १३ किलोमिटर नहर निर्माण गरिसकेको छ, भने नहरको शुरुआतमा भारतले बनाउनुपर्ने एक हजार २०० मिटर नहर निर्माणले पनि गति पाउदा तत्काल महाकाली नदीबाट नहरमा पानी आउने सम्भावना बढी छ । थप १५ किलोमिटर नहर निर्माण तीन प्याकेजमा ठेक्का सम्झौता भई अघि बढेको छ । उक्त नहर निर्माणका लागि रु दुई अर्ब १० करोडको ठेक्का सम्झौता भएको छ । त्यसका साथै झण्डै १६ किलोमिटर नहर क्षेत्रमा करीब ३५ हेक्टर जमीनधनीलाई जग्गा अधिग्रहण गरेबापत मुआब्जा दिनुपर्ने छ ।
बेदकोट नगरपालिमादेखि केही भाग शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसम्म गरी झण्डै पाँच किलोमिटर नहर निर्माणको जिम्मा पाएको कुमार, स्वच्छन्द, शर्मा जेभिका इञ्जिनीयर किशोरराज पाण्डेयले नहर निर्माणको तयारी भई काम अघि बढिसकेको बताए । “क्याम्प बनाउनेदेखि सर्वेसम्मको काम भइसक्यो,” उनले भने, “जग्गा मुआब्जाको काम सकिएपछि निर्माणले गति पाउँछ ।” उनले नहर खन्ने बाहेक खोलानालामा पुल, ग्राभेल सडक लगायतका निर्माणका काम शुरु हुन लागेको बताए ।
त्यसैगरी बेदकोट नगरपालिका–२ का वडाध्यक्ष नरेशबहादुर सिंहले भम्का जिल्लाकै पुरानो बस्ती भएको बताउँदै लामो समयदेखि बन्न नसकेको सडक पूर्वाधार निर्माण भएको बताए । “शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार, खेलकूदका क्षेत्रमा गतवर्ष पनि हामीले बजेट विनियोजन गरेका थियौँ,” वडाध्यक्ष सिंहले भने, “यहाँ व्यवस्थित बसोवासका लागि पहल भइरहेको छ ।” बेदकोट नगरपालिकाले नगरपालिभित्र व्यवस्थित बसोवासका लागि पहल थालेको बताए ।
“धेरै स्थानीयवासीसित अझै जग्गाको पूर्जा छैन,” उनले भने, “जनताको जग्गा, जनताकै नाउँमा हाल्न हामी केन्द्रसम्म पहल गरिरहेका छौँं ।” वडाको चालू आर्थिक वर्ष २०७५/७६ मा रु ६५ लाख बजेट रहेको बताउँदै सिंहले जनचाहनाअनुसार योजना छनोट गरी खर्च गरिने बताए । रासस
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: