Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

कुखुरापालनमा बीस अर्ब रकम बाहिरिँदै

\"\"चितवन। कुखुरापालन व्यवसायमा वार्षिक रु २० अर्बभन्दा बढी रकम बाहिरिने गरेको छ । दानाको कच्चा पदार्थ, प्यारेन्ट चल्ला, औषधि, भिटामिन, उपकरणलगायत विदेशबाट आयात गर्नु परेका कारण सो रकम बाहिरिने गरेको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं कृषि र वन समितिका संयोजक डा तिलचन्द्र भट्टराईकाअनुसार दानाका कच्चा पदार्थमा मात्रै वार्षिक रु १६ अर्बभन्दा बढी रकम विदेशिने गरेको छ । भटमास, मकै, हड्डीको धुलो, सूर्यमुखिको पिना, ढुटो, ढुटोको तेल निकालेपछिको पीना, क्याल्सियमलगायतका कच्चा पदार्थ भारत र अन्य देशबाट आयात गरिँदै आएको छ । असीदेखि ९० प्रतिशत भारतबाट तथा अरु तेस्रो मुलुकबाट आयात गरिन्छ । “वार्षिक रु दुई अर्बभन्दा बढी औषधि र भ्याक्सिनका लागि तथा रु एक अर्ब उपकरण खरिद गर्न रकम विदेशिन्छ,” डा भट्टराईले भन्नुभयो । नेपालमा गत आर्थिक वर्षमा ११ लाखभन्दा बढी ब्वायलर प्यारेन्ट चल्ला र एक लाख आठ हजार लेयर्स प्यारेन्ट चल्ला आयात गरिएको थियो । रु ६४ करोडभन्दा बढी रकम खर्च हुने गर्दछ । लेयर्स प्यारेण्टका लागि रु ८०० र ब्वायलरका लागि रु ५०० हाराहारी पर्छ । डलरको मूल्य र समयअनुसार मूल्य घटबड हुने गर्छ । नेपालमा लेयर्स प्यारेन्ट उत्पादन हुँदैन भने ब्वायलर प्यारेन्ट न्यून सङ्ख्यामा उत्पादन हुँदै आएको छ । माग धान्न नसकेपछि विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ । पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टका अनुसार थाइल्याण्ड, मलेसिया, अष्ट्रेलिया, फ्रान्स, जर्मनीलगायतका देशबाट नेपालमा प्यारेन्ट चल्ला आयात गरिन्छ । तीनै प्यारेन्टले पारेको अण्डालाई कोरलेर चल्ला उत्पादन गर्ने गरिन्छ । बिस्टकाअनुसार वार्षिक रु ६० अर्बभन्दा बढीको पोल्ट्रीजन्य उत्पादन नेपालमा बिक्री हुने गर्दछ । हालसम्म पोल्ट्रीजन्य उत्पादन निर्यात हुन सकेको छैन । राज्यको नीतिगत स्पष्टता नहुँदा आयात बढ्दै गएको र निर्यात हुन नसकेको बिष्टले बताए । हरेक वर्ष व्यापार घाटा बढ्दै गएको छ । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेल पछिल्लो वर्षमा वातावरण अनुकूलित भवन बनाएर कुखुरा पाल्दा अधिकांश सामान विदेशबाट आयात गर्नु परेको बताउछन् । दाना, भाँडा, अत्याधुनिक खोरमा राखिने उपकरण र चल्ला उत्पादन गर्ने उपकरण आयात गरिँदै आएको छ । दानामा ५० देखि ६० प्रतिशत मकै तथा १८ देखि २४ प्रतिशत भटमास प्रयोग हुन्छ । जुन नेपालमै उत्पादन गर्न सकिन्छ । कँडेल नेपालका किसानलाई अनुदान दिएर बाँझो जग्गा प्रयोगमा ल्याउन सके र प्यारेन्ट चल्ला मागअनुसार यही उत्पादन गर्न सके पोल्ट्री क्षेत्रको व्यापार घाटा कम गर्न सकिने बताउछन् । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेल नेपालमा भटमास र मकैको व्यावसायिक खेती गर्न सकेमा ७० प्रतिशत पोल्ट्रीको व्यापार घाटा कम गर्न सकिने बताउछन् । प्यारेन्ट चल्ला उत्पादन क्षमता स्वदेशमा बढाउन सकेमा थप १० प्रतिशत व्यापार घाटा कम गर्न सकिने उनको भनाइ छ । सरकारले बीउ मात्रै दिएर होइन, अनुगमन सहित आवश्यक सहयोग किसानलाई गर्न सकेमा बाँझो खेतमा मकै र भटमास लगाएर कृषि क्षेत्रको व्यापार घाटामा कमी ल्याउन सकिने उहाँले बताए । हाल नेपालमा ब्वायलर चल्ला हप्तामा २५ देखि ३० लाख, लेयर्स चल्ला हप्तामा एक लाख ५० हजार, गिरिराज दुई लाखदेखि दुई लाख २५ हजार र प्यारेन्ट २० हजार उत्पादन हुँदै आएको छ । पोल्ट्री क्षेत्रमा रु ७० अर्बभन्दा बढी लगानी भइरहेको छ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy