आश्विन २१ गते, २०७५ आइतवार 7th October, 2018 Sun१६:२३:०७ मा प्रकाशित
इन्डोनेसिया। इन्डोनेसियाको पालुमा अघिल्लो साता आएको भूकम्प र सुनामीबाट हराइरहेका मानिसको संख्या पाँच हजारसम्म पुग्न सक्ने सरकारी अधिकारीहरुले बताएका छन् ।
इन्डोनेसियाको प्रकोप नियन्त्रण संस्थाका अनुसार भूकम्प र सुनामीका कारण हालसम्म मृत्यु भएका एक हजार ७६३ जनाको शव भेटिएको छ । गत सेप्टेम्बर २८ मा सुलावेशी टापुलाई लक्षित गरी ७.५ म्याग्नीच्यूडको भूकम्प जानुका साथै पालुमा सुनामीले व्यापक जनधनको क्षति गरेको थियो ।
सुनामीले सबैभन्दा ठूलो क्षति गरेको पालु शहरका पेटोबो र बालारोआ इलाकामा अझै पनि हजारौं हराइरहेका छन् । यी दुई इलाकाका घरहरु पूर्णरुपमा ध्वस्त भएको प्रकोप नियन्त्रण संस्थाले जनाएको छ ।
“बालारोआ र पेटोबो इलाकाका प्रमुखहरुको सूचना अनुसार त्यहाँ अझै पाँच हजार हराइरहेका छन्,” संस्थाका प्रवक्ता सुतोपो पुर्वो नुग्रोहोले संवाददाताहरुलाई बताउनुभयो । “तैपनि अधिकारीहरुले यो तथ्याँक सत्य रहे नरहेको अनुसन्धान गरिरहेका छन् । पहिरो र माटोमा पुरिएका मानिसको यथार्थ संख्या पत्ता लगाउनु त्यति सहज छैन ।”
नुग्रोहोले आगामी अक्टोबर ११ सम्म खोज कार्यलाई निरन्तरता दिइने बताए । त्यसपछि बेपत्ता भएका वा मृत्यु भएका नागरिकको सूचीमा राखिने अधिकारीहरुको तयारी छ ।
दश दिनअघिको यस विनाशकारी विपदपछि हरेक दिन मृत्यु भएका, घाइते भएका र बेपत्ताको संख्या बढ्दै गएको छ । अधिकारीहरुले प्रारम्भमा पालु शहरमा झण्डै एक हजार मानिस पुरिएको अनुमान गरेका थिए ।
पालु शहरको पेटोबो इलाका भूकम्प र सुनामीका कारण लगभग विलुप्त भएको छ । भूकम्पका कारण जमिन लेदो माटोमा रुपान्तरण भएको छ भने घरहरु सुनामीले सबै ढालेको छ । भत्किएका घरहरुमा कति मानिस च्यापिएका छन् भन्ने अझै पत्तो छैन ।
बालारोआमा पनि इन्डोनेसियाली उद्धारकर्ताहरुले मृतकहरुको खोजतलास अझै जारी राखेका छन् । यहाँ जीवित व्यक्ति भेटिने सम्भावना कमै भएपछि सरकारले मानिसको खोजी गर्नुको साटो सिंगै बस्तीलाई “चिहान” का रुपमा घोषणा गर्ने तयारी गरेको छ ।
“आज दश दिन भयो । अझै कोही जीवित भेटिनु भनेको चमत्कार मात्र हो,” इन्डोनेसियाका खोज तथा उद्धार संस्थाका प्रमुख मुहम्मद स्याउजीले बताए।
अधिकारीहरुलाई अहिले बाँचेका व्यक्तिसम्म राहत पु¥याउन नै धौधौ परेको छ । हाल ८२ हजारभन्दा बढी सैनिक तथा प्रहरीका साथै स्वयंसेवीहरुले उद्धार र राहतका कार्यहरु गरिरहेका छन् । इन्डोनेसियाली सैनिक हेलिकप्टरले दुर्गम क्षेत्रहरुसम्म खाद्यान्न र अन्य आपतकालीन सामग्री लैजाँदै छन् ।
“स्थानीयबासी ठूलो समस्यामा छन् किनभने सडक अबरुद्ध भएको छ र यहाँ हवाई सेवामात्र उपलब्ध हुन सक्दछ,” उपसेनानी रेइनाल्डो आप्रीले बताए।
अस्ट्रेलिया र संयुक्तराज्य अमेरिकाबाट हर्कुलस हवाईजहाज मार्फत राहत यहाँ आइरहेको छ । सेभ द चिल्ड्रेन र अन्य निकायहरुबाट दक्षिण अफ्रिकी चिकित्सा टोली यहाँ आइपुगेको छ ।
इन्डोनेसियाली रेडक्रसले गोदामघर निर्माण गर्नुका साथै अत्यावश्यक सामग्री वितरण गरिरहेको छ । तर यहाँ राहतकर्मीले ठूलो समस्या झेल्नु परिरहेको छ किनभने पालु र अन्यत्र ठूलो क्षेत्रमा मानिसहरु छरिएर बसेका छन् ।
“म टेन्ट चाहिएको कुरा लिएर यहाँ आएको हुँ, किनभने हाम्रो गाउँका ९५ प्रतिशत घरहरु क्षतिग्रस्त भएका छन्,” लिड्डुबाट आएका सिमसम मुजुले बताए । रासस
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: