Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

वन क्षेत्रको पुनः संरचनाले स्थानीय तहमा द्वन्द्व

काठमाडौँ। सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) ले स्थानीयस्तरमा गरिएको वन क्षेत्रको पुनःसंरचनाले द्वैध शासन र द्वन्द्व सिर्जना हुने दावी गरेको छ । महासङ्घले सो धारणा सार्वजनिक गर्दै सरकारले वन क्षेत्रमा संवैधानिक व्यवस्थाको मर्मविपरीत डिभिजन र सवडिभिजन वन कार्यालयको अवधारणा लागू गरेको आरोप लगाएको छ । यसले वन क्षेत्रमा एकातर्फ स्थानीय सरकारले र अर्कोतर्फ वनसम्बन्धी सङ्घीय सरकारी संरचनाले पृथकरुपमा शासन सञ्चालन गर्ने वातावरण सिर्जना भई द्वैध शासन र द्वन्द्व सिर्जना हुने महासङ्घले जनाएको हो । महासङ्घका नवनिर्वाचित अध्यक्ष भारती पाठकले वनअन्तर्गतका डिभिजन र सव–डिभिजन वन कार्यालय कानूनीरुपमा नै स्थानीय सरकार मातहत हुनुपर्ने बताए । साथै स्थानीय सरकारले पनि सामुदायिक वनलाई नियन्त्रण नभई समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ छ । महासङ्घको छैठाँै राष्ट्रिय महाधिवेशन यही २०७५ असोज १५–१७ सम्म काठमाडौँमा सम्पन्न भएको थियो । महाधिवेशनबाट अध्यक्ष पाठकको नेतृत्वमा ८२ सदस्य नयाँ कार्यसमिति चयन भएको थियोे । विसं २०५२ जेठ १८ गते स्थापना भएको महासङ्घको नेतृत्वमा हाल देशभर २२ हजार २६६ उपभोक्ता समूहले सामुदायिक वनको संरक्षण, संवद्र्धन र सदुपयोग गर्दै आएका छन् । महासङ्घ आफ्नो स्थापनाकालदेखि नै वन उपभोक्ता समूहको हक अधिकारका लागि प्रतिबद्ध तथा क्रियाशील रहँदै आएको छ भने सामुदायिक वनमार्फत वन उपभोक्ताको समृद्धिमा योगदान पु¥याउँदै आएको छ । महासङ्घले वन ऐन ०४९ तथा वन नियमावली २०५१ मा रहेका सामुदायिक वनका सन्दर्भमा विद्यमान अधिकारलार्ई कायम राख्दै समुदायलाई थप अधिकार प्रदान गर्नेगरी मात्र वन कानूनको संशोधन गर्नुपर्ने माग गरेको छ । सरकारले सामुदायिक वन उपभोक्ता समूहको अधिकार कटौती गर्ने र वन प्राविधिकले वैधानिकरुपमा सालका रुखमा मात्र ध्यान दिने गरी वैज्ञानिक वन व्यवस्थापनका नाममा वन मास्ने कार्य गर्दै आएको महासङ्घको आरोप छ । महासङ्घले यस प्रक्रिया अन्त्यको माग गर्दै वनको दिगो व्यवस्थापन प्रक्रिया अगाडि बढाउन सुझाएको छ । महासङ्घ अध्यक्ष पाठकले चुरे क्षेत्रलाई वन ऐन २०४९ अन्तर्गत सामुदायिक वनका माध्यमबाट व्यवस्थापन गर्ने व्यवस्था गर्न र संरक्षित क्षेत्रमा सामुदायिक अधिकारको सुरक्षा गर्दै सामुदायिक जनसहभागिताको सुनिश्चितताको समेत माग गरे। महासङ्घको नयाँ कार्यसमितिले आगामी चार वर्षका लागि सबै तहमा महासङ्घको विस्तार र संस्थागत सुदृढीकरण, वन स्रोतमाथि समुदायको अधिकार सुदृढ, वन स्रोतको दिगो र एकीकृत व्यवस्थापन, वन उद्यमको विकास र पर्या–पर्यटनमार्फत समृद्धि हासिल गर्न टेवा पु¥याउने लगायतका रणनीतिक दिशासमेत तय गरेको महासचिव विर्षबहादुर शाहीले जानकारी दिए। वन क्षेत्रका हरेक अभियानमा लैङ्गिक समानता, सामाजिक न्याय, समावेशीकरण र सुशासनलाई सुदृढीकरण गर्ने, महासङ्घलाई वातावरण, जैविक विविधता एवं जलवायु परिवर्तनको क्षेत्रमा एक अभियानकारी संस्थाका रुपमा स्थापित गर्ने, नागरिक समाज, सरोकारवाला र सञ्चार क्षेत्रसँगको सहकार्यलाई सवल बनाउने महासङ्घको रणनीतिक योजना छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending