Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

दसैंको मौका छोप्दै व्यवसायी, निकाल्न थाले २० बर्ष पुराना सवारी

काठमाडौँ। दशैँका लागि लामो दूरीका सडकमा सार्वजनिक यातायातको संख्यामा कमी हुन थालेपछि वर्षौंदेखि ग्यारेजमा थन्किएका सवारी बसपार्कमा निकालिएको छ । यातायात व्यवस्था विभागले असोज २४ गते बुधबारदेखि देशभर जुन सवारी जहाँसुकै जान पाउने गरी ‘रुट परमिट’ खारेज गर्ने घोषणा गरिसकेको छ । वर्ष दिनसम्म विभिन्न पेशा व्यवसायमा संलग्न भई राजधानीलगायत ठूला शहरमा बसेका मानिस राष्ट्रिय पर्व मनाउन घर जाने तयारीमा छन् । घर जाने तयारी गरेका यात्रुले सवारीको टिकट नपाएपछि विभागले ‘रुट परमिट’ खारेज गर्ने निर्णय गरेको हो । त्यसको खारेजीलाई पुराना सवारी निकालेर चलाउने अवसरका रुपमा व्यवसायीले उपयोग गर्न खोजेको सार्वजनिक यातायात सुधार अभियानमा लागेका रामबहादुर थापाले जानकारी दिए । “नयाँ र पुरानो बसपार्कमा गरिएको नागरिक अनुगमनका क्रममा झ्यालमा सिसा नभएका, हेर्दै थोत्रा देखिने सवारी बसपार्कमा राखिएका छन्, यी सवारी हेर्दा लाग्छ २० वर्ष नाघिसकेका हुन्, तर हामीलाई सवारीको कागजपत्र हेर्ने अधिकार छैन, यस्ता सवारीका कारण बडा दशैँका समयमा दुर्घटना नहोस् भन्ने हाम्रो चिन्ता हो”, उनले भने । दशैँको चापमा ‘रुट परमिट’ खारेजी मात्र नभई ट्राफिक प्रहरीले सवारीको अवस्थाका बारेमा पनि ध्यान दिँदैनन् । सवारी मर्मत तथा सम्भार केन्द्र समेत नभएकाले ती सवारी गुड्न लायक हुन होइनन् भन्ने थाहा पाउन सकिँदैन । विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्याय भने नियमित अनुगमन भइरहेकाले पुराना सवारी निकालिएको भए नियन्त्रणमा लिइ कारवाही गरिने बताउछन् । विभागले आज बिहान कोटेश्वरमा गरेको अनुगमनमा रु ६०० भाडा तोकेको ठाउँमा रु ८०० लिने सवारीलाई कारवाही गरेको छ । अनुगमनका क्रममा बढी लिइएको भाडा फिर्ता गरिएको उनले जानकारी दिए । बिहानी अनुगमनका क्रममा बिपी राजमार्ग भएर पूर्व जाने सवारी स्थलगतरुपमै कारवाहीमा परेका छन् । बढी टिकट काट्ने काउन्टरलाई पनि कारवाहीको दायरामा ल्याउने तयारी भएको विभागले जनाएको छ । यो मार्गमा चल्ने माइक्रो बसले बढी भाडा असुलीरहेको गुनासो यात्रुको छ । बसपार्कमा पुराना सवारी निकालेको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखामा पनि आएकाले नयाँ र पुरानो बसपार्कमा सतर्कता अपनाउन निर्देशन दिइएको सहप्रवक्ता दीपेश दाहालले राससलाई जानकारी दिए । चाडबाडमा हुने गरेका दुर्घटनामा पुरानो सवारीका कारण हुनेको सङ्ख्या बढी नै रहेको यसअघि गठन भएको कार्यदल एवं जाँचबुझ समितिले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । दशैँका अवसरमा प्रत्येक वर्ष २५ लाखभन्दा बढी यात्रु उपत्यका बाहिर जाने गर्छन् । घटस्थापनादेखि नै उपत्यका बाहिरिने सवारीको सङ्ख्या बढ्ने गरेको महाशाखाले जनाएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending