Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

नवलपरासीमा नयाँ शक्तिको प्रशिक्षण, सशक्त वैकल्पिक शक्तिमा स्थापित हुने

परासी। नयाँ शक्ति पार्टीले नवलपरासीको परासीमा जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार सम्पन्न पार्टीको प्रशिक्षण कार्यक्रमका मुख्य प्रशिक्षक पार्टीका केन्द्रीय कार्यालय सदस्य गंगानारायण श्रेष्ठले समसामयिक एवं सांगठनिक विषयमा प्रकाश पार्दै नयाँ शक्तिले मात्रै विद्यमान राजनीतिक अन्यौलताको अन्त्य गरी देशलाई समृद्ध बनाउने बताए । उनले नयाँ शक्तिले अंगिकार गरेको ‘५ स’ को भिजन र अबको ’५ वर्षे’ मिसन अन्तर्गत देशब्यापी रुपमा संगठन विस्तार गरी जनपरिचालनका काम गरिरहेको बताए । उनले नयाँ शक्ति तेस्रो वैकल्पिक धारको रुपमा अघि बढेको बताउँदै अबको निर्वाचनसम्म एक सशक्त वैकल्पिक शक्तिको रुपमा स्थापित हुने बताए । त्यस्तै समसामयिक विषयमा प्रशिक्षण दिँदै नयाँ शक्ति पार्टी प्रदेश ५ का संयोजक दानबहादुर चौधरीले अहिलेको नेकपा नेतृत्वको सरकारले जनचाहना अनुसार कुनै काम गर्न नसकेको बरु यसले जनमतको हुर्मत लिने काम गरेको बताए । उनले सरकारको नालायकीपनकै कारण नेपाली नागरिकले दुःख पाउनुपर्ने अवस्थाको अन्त्यकै लागि नयाँ शक्ति विकल्पको रुपमा उदाएकोमा जोड दिए । प्रशिक्षण कार्यक्रममा विषयगत प्रशिक्षण दिंदै नयाँ शक्तिका केन्द्रीय कार्यकारी सदस्य तथा प्रदेश ५ का प्रशिक्षण विभाग प्रमुख मनिकर कार्कीले नयाँ शक्तिले वैकल्पिक अर्थतन्त्रको रुपमा सामाजिक बजार अर्थतन्त्रलाई अंगिकार गर्ने बताए। उनले देशको विकास र समृद्धिका लागि मुलुकको अर्थतन्त्रको संरचनागत परिवर्तन आवश्यक रहेको बताउँदै विकास, समृद्धि र प्रगतिको लक्ष्य हासिल गर्न आवश्यकता र संभाव्यता अनुसार अर्थतन्त्रका विभिन्न क्षेत्रहरुको प्राथमिकिकरणमा जोड दिनुपर्ने बताए । प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नवलपरासीका जिल्ला इन्चार्ज चिनक कुर्मीले नयाँ शक्ति नै सबैको आशा र भरोसाको केन्द्र भएको बताए । विषयगत प्रशिक्षणकै क्रममा नयाँ शक्ति केन्द्रीय कार्यकारी सदस्य कमल खनालले वैकल्पिक राजनीतिक संगठनको संरचनाको बारेमा प्रशिक्षण दिए । त्यस्तै नयाँ शक्तिको विचार र दर्शनको बारेमा नारायण खनाल, समावेशिता र इन्द्रेणी राष्ट्रवादको अवधारणा विषयमा बोम दर्लामी मगर, नेतृत्व विकासको बारेमा पंकज राई, लैंगिक समावेशिता विषयमा सुनिता काफ्लेले प्रशिक्षण दिए । त्यस्तै केन्द्रीय कार्यकारी सदस्य मोती रिजालले अतिथी मन्तव्य एवं राजु नेपालीले अभिप्रेरणात्मक मन्तव्य राखे । जिल्ला ईन्चार्ज चिनक कुर्मीको अध्यक्षता तथा संयोजक विरेन्द्र कुमार हरिजनको संचालनमा सम्पन्न कार्यक्रममा जिल्लाबाट १ सय ७० जना अगुवा नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । नयाँ शक्तिले प्रदेश ५ अन्तर्गतका सबै जिल्लाहरुमा पार्टी प्रशिक्षण कार्यक्रम जारी राखेको छ । जसमध्ये गुल्मी, अर्घाखाँची, कपिलवस्तु, रुपन्देहीमा प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेको छ । अब बाँकी जिल्लाहरु कात्तिक दोस्रो साताबाट प्रशिक्षण कार्यक्रम संचालन गर्ने कार्यतालिका रहेको प्रदेश नं। ५ का प्रशिक्षण विभाग प्रमुख मनिकर कार्कीले बताए । नयाँ शक्तिले समसामयिक राजनीति तथा संघीयताको कार्यान्वयन, विचार÷दर्शन र पार्टीको राजनीतिक कार्यदिशा, समृद्धि र सुशासनको मार्गचित्र, समावेशिता तथा इन्द्रेणी राष्ट्रवादको अवधारणा, नयाँ शक्तिको संगठनात्मक ढाँचा र शैली, उत्पादन तथा स्वरोजगार, व्यवस्थापन तथा प्रचार रणनीतिलगायतका विषयहरु समेटेर पार्टी प्रशिक्षण पाठ्यक्रम तयार गरेको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending