काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि आजदेखि औपचारिक प्रक्रिया सुरू गरेको छ। केन्द्रीय कार्यसमितिको निर्णयअनुसार महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका यसअघि नै पारित गरिएको थियो।
कार्यतालिकाअनुसार २१ चैतदेखि मसान्तसम्म केन्द्रबाट सदस्यता फारम वडा तहसम्म पठाइनेछ। देशभरका १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता वितरणका लागि प्रतिनिधि खटाइने व्यवस्था गरिएको छ।
प्रतिनिधिहरूलाई शनिबार दिउँसो २ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा अभिमुखीकरण कार्यक्रम राखिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए। अभिमुखीकरणपछि प्रतिनिधिहरूको नाम सार्वजनिक गरिने जनाइएको छ। साना जिल्लामा एक जना र ठूला जिल्लामा दुई जना प्रतिनिधि खटाइने छन्।
कांग्रेसले वैशाख १ गतेदेखि मसान्तसम्म देशभरका वडाहरूबाट क्रियाशील सदस्यता वितरण र अद्यावधिक गर्ने कार्यक्रम तय गरेको छ। सदस्यता अद्यावधिकका लागि वैशाख महिनाभर एक महिने अभियान सञ्चालन गरिनेछ।
अद्यावधिक अभियानपछि वडाहरूले १५ जेठसम्म प्रतिनिधिसभा क्षेत्र र जिल्लामा सदस्यता विवरण पठाइसक्नुपर्नेछ। क्षेत्र र जिल्लाले २५ जेठसम्म सदस्यता विवरण केन्द्रमा प्रविष्टि गरी पठाउने छन्।
केन्द्रले सदस्यताको छानबिन गरी १५ असारसम्म अन्तिम टुंगो लगाउने कार्यतालिका छ। असार मसान्तसम्म अद्यावधिक क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाइनेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २१ गते, २०८२ - १०:३१
विराटनगर । मोरङको उर्लाबारीमा प्रहरीले प्रतिबन्धित औषधि तथा लागुऔषध भण्डारण गरी कारोबार भइरहेको आशंकामा छापा मार्दा ठूलो परिमाणमा ट्याब्लेट, ब्राउन सु...
चैत्र २१ गते, २०८२ - १०:२९
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी लडाकु विमान खसालेको घटनाले इरानसँगको कुनै पनि वार्तामा कुनै असर नपर्ने बताएका छन्। एनबीसी न्...
चैत्र २१ गते, २०८२ - १०:२६
मकवानपुर । बागमती प्रदेशमा पछिल्लो तीन आर्थिक वर्ष र चालु आवको मंसिरसम्म १ हजार ८ सय ३० जना बालबालिका हराएको तथ्यांक सार्वजनिक भएको छ। प्रदेश प्रहरी क...
चैत्र २१ गते, २०८२ - १०:१७
काठमाडौं । इरानको दक्षिणी भागमा अमेरिकाको एउटा एफ-१५ लडाकू विमान खसालिएको खबर आएको छ। विमान खसालिएपछि त्यसमा रहेका चालक दलका सदस्यहरूलाई खोज्नका लागि ...
चैत्र २१ गते, २०८२ - १०:१५
काठमाडौं । नेपाली समाजमा बलात्कारजस्ता जघन्य अपराधप्रति देखिएको सामाजिक प्रतिक्रिया र न्यायिक प्रक्रियाको ढिलासुस्तीले न्याय प्रणालीमाथिको जनविश्वास क...
चैत्र २१ गते, २०८२ - ०९:४७
पोखरा । फेवाताल किनारमा मापदण्डविपरीत बनेका अस्थायी संरचनामा शनिबार बिहानैदेखि डोजर चलाइएको छ। गृह मन्त्रालयको निर्देशनपछि तालको ६५ मिटर सीमाभित्र पर्...
चैत्र २१ गते, २०८२ - ०९:४४
काठमाडौं । राजधानीको सार्वजनिक सुरक्षा सुदृढ गर्ने उद्देश्यले प्रहरीले सञ्चालन गरेको ‘अपरेशन सेफ्टी’ अन्तर्गत १८ जना पक्राउ परेका छन्। शुक्रबार रात...
चैत्र २१ गते, २०८२ - ०९:४०
काठमाडौँ । प्रहरीले कलाकार सागर लम्साल (बले)लाई बूढानीलकण्ठको कपन, बालुवाखानीबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रमेश...
चैत्र २१ गते, २०८२ - ०९:३८
काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि आजदेखि औपचारिक प्रक्रिया सुरू गरेको छ। केन्द्रीय कार्यसमितिको निर्णयअनुसार महाधिवेशन आगामी असोज १६ ...
चैत्र २१ गते, २०८२ - ०९:३७
रौतहट । रौतहटको सरकारी कार्यालयमा सेवाग्राहीलाई विभिन्न बहानामा दुःख दिने पाँच जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा यमुनमाई ...


प्रतिकृया लेख्नुहोस्: