Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

उत्तरपश्चिमी क्षेत्रको नदीमा भयानक डुङ्गा दुर्घटना, ४० भन्दा बढीको मृत्यु

\"\"किङ्शास। लोकतान्त्रीक गणतन्त्र कङ्गो (डीआरसी)को उत्तरपश्चिमी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी ४० भन्दा बढीको मृत्यु भएको छ । उबाङ्गी नदीमा डुङ्गा डुबेर दुर्घटना भएको स्थानीय अधिकारीहरुले जानकारी दिएको समाचारमा जनाइएको छ । उनीहरुले बिहीबार राति अबेर दिएको जानकारीअनुसार मृत्यु भएकामध्ये १८ जना मध्य अफ्रिकाका रहेका छन् । उत्तर उबाङ्गी प्रान्तका एक जना उच्च अधिकारीले डुङ्गा डुब्दा अरू पनि धेरै जना बेपत्ता भएको हुनसक्ने र मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरेका छन् । डुङ्गामा कति यात्रु थिए भन्ने यकिन नभएकाले नदीमा अरू पनि बेपत्ता भएको हुनसक्ने अनुमान गरिएको हो । कङ्गोका नदी तथा तलाउहरुमा डुङ्गा दुर्घटना हुने घटना नौलो होइनन । खराब अवस्थाका डुङ्गा र अत्यधिक भारका कारण बढी दुर्घटना हुने गरेको विज्ञहरुको भनाई छ । अधिकारीहरुले रातिमा हुने यात्राका कारण पनि डुङ्गा डुब्ने गरेको बताएका छन् । तर मुख्य कारण चाहि खराव अवस्थाका डुङ्गा र अत्यधिक भार नै हो । यसअघि गत सेप्टेम्बरमा पनि मोङ्गाल प्रान्तको मोङ्गाल नदीमा भएको दुर्घटनामा परी २७ जनाको मृत्यु भएको थियो । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending