काठमाडौं । त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) अन्तर्गत एमबीबीएस र बीडीएस अध्ययनरत विद्यार्थीहरूले शैक्षिक प्रणालीमा सुधारको माग गर्दै मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
विद्यार्थीहरूले ६ बुँदे माग सार्वजनिक गर्दै लामो समयदेखि लागू हुँदै आएको पाठ्यक्रम र परीक्षा प्रणालीका कारण आफूहरू अतिरिक्त मानसिक दबाब तथा शैक्षिक अन्यायको सामना गर्न बाध्य भएको बताएका छन्। उनीहरूले तत्काल शैक्षिक सुधारको प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग माग गरेका छन्।
उनीहरूको मुख्य मागमा १९ वर्ष पुरानो पाठ्यक्रम तथा परीक्षा प्रणाली परिमार्जन, ‘ब्याच ड्रप’ प्रणाली खारेज, परीक्षामा वस्तुगत र विषयगत दुवै प्रकारका प्रश्न समावेश तथा परीक्षा तालिका व्यावहारिक बनाउँदै पर्याप्त तयारी समय सुनिश्चित गर्नुपर्ने विषय समेटिएका छन्।
त्यसैगरी, पहिलो वर्षमा आठ पटक र दोस्रो वर्षमा छ पटकसम्म परीक्षा दिने अवसर उपलब्ध गराउन तथा परीक्षामा प्रयास (अटेम्प्ट) को संख्या वृद्धि गर्नुपर्ने माग पनि विद्यार्थीहरूले अघि सारेका छन्।
विद्यार्थीहरूका अनुसार हालको परीक्षा प्रणालीले मानसिक स्वास्थ्य, अध्ययनको निरन्तरता, समय व्यवस्थापन र भविष्यमा समेत नकारात्मक असर पारिरहेको छ। त्यसैले परीक्षा प्रणालीलाई समयानुकूल, वैज्ञानिक र विद्यार्थीमैत्री बनाउँदै आफ्ना माग तत्काल सम्बोधन गर्न उनीहरूले सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १६ गते, २०८३ - १५:४९
काठमाडौं । गुणस्तर परीक्षणको नाममा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुन: सुरु भएको छ। ...
आषाढ़ १६ गते, २०८३ - १५:३९
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लोकतन्त्र, संविधान र राष्ट्रिय हितको पक्षमा रहेका सबै लोकतन्त्रवादी, ...
आषाढ़ १६ गते, २०८३ - १४:५३
काठमाडौं । नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दाले लालपुर्जा वितरण, नेपाली नागरिकता र सीमा सुरक्षालगायतका माग राख्दै मंगलबार काठमाडौंको माइतीघर मण्डलाम...
आषाढ़ १६ गते, २०८३ - १४:३१
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) अन्तर्गत एमबीबीएस र बीडीएस अध्ययनरत विद्यार्थीहरूले शैक्षिक प्रणालीमा सुधा...
आषाढ़ १६ गते, २०८३ - १४:१३
विराटनगर । कोशी प्रदेशसभाको आज दिउँसो १:०० बजे बस्ने भनिएको बैठकको समय परिवर्तन भएको कोशी प्रदेशसभा सचिव सुदर्शन खड्काले जानकारी दिए । कोशी प्रदेशस...
आषाढ़ १६ गते, २०८३ - १३:४८
काठमाडौँ । सरकारले परम्परागत हुलाक सेवालाई आधुनिक, विश्वसनीय र नागरिकमैत्री बनाउँदै सरकारी सेवा नागरिकको घरदैलोमै पुर्याउने प्रभावकारी माध्यमका रूपमा...
आषाढ़ १६ गते, २०८३ - १२:१४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको सूची संशोधन गरेको छ। यसअघि विजयी घोषणा गरिएका दुई उम्मेद...
आषाढ़ १६ गते, २०८३ - १२:०१
पश्चिम नवलपरासी। एसियन हाईवे (एशियन सडक सञ्जाल) को मापदण्डअनुसार विस्तार भइरहेको बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत दाउन्ने पश्चिम खण्डको निर्माणमा गम्भी...
आषाढ़ १६ गते, २०८३ - ११:३५
काठमाडौँ। चार पटकको च्याम्पियन जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध बनाउँदै पाराग्वे फिफा विश्वकप–२०२६ को प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । अमेरिका...
आषाढ़ १६ गते, २०८३ - ११:०४
काभ्रेपलाञ्चोक । काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट गरिएको छ । केही हप्तादेखि बर्डफ्लु सङ्क्रमणका कार...



प्रतिकृया लेख्नुहोस्: