Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

खशोग्जी हत्याः इतिहासकै नराम्रो ढाकछोप भएकाे साउदी अरबियाकाे प्रतिक्रिया

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पत्रकार जमाल खशोग्जीको हत्याबारेको साउदी अरेबियाको प्रतिक्रिया \'हालसम्मकै नराम्रो ढाकछोप\' भएको बताएका छन् । उनले हत्या योजनामा संलग्न जोकोही भए पनि \'ठूलो समस्यामा पर्ने\' बताए । राष्ट्रपति ट्रम्पको त्यस्तो भनाइ आएको केही समयपछि विदेशमन्त्री माइक पोम्पेओले अमेरिकाले घटनामा संलग्न भएकाहरूलाई \'सजाय दिने\' बताए । उनले सन्दिग्ध २१ जनाको भिसा अमेरिकाले रद्द गर्न लागेको पनि जानकारी दिए । अरब जगत्‌को आफ्नो एउटा महत्त्वपूर्व साझेदार साउदी अरेबियाप्रति कडा रवैया अपनाउन अमेरिकामाथि दबाब बढ्दो छ । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, \'उनीहरूको एकदम नराम्रो सोचाइ रहेछ, त्यो एकदम नराम्रो तरिकाले गरे र इतिहासकै त्यो सबैभन्दा नराम्रो ढाकछोप रह्यो ।\' उनले अगाडि थपे, \'त्यो सोचलाई त्यही रोक्नुपर्थ्यो किनकि जसले त्यसो गर्ने सोच बाहिर ल्यायो मेरो विचारमा त्यो ठूलो समस्यामा छ। र, उनीहरू ठूलो समस्यामा पर्नुपर्छ ।\' साउदी अधिराज्यले खशोग्जीलाई के भएको हो भन्ने विषयमा विरोधाभाषपूर्ण विवरण दिँदै आएको छ । ५९ वर्षीय खशोग्जी जीवितै रहेको हप्तौँसम्म दावी गर्दै आएका रियादका अधिकारीहरूले अहिले आएर छाडा एजेन्टहरूले उनको हत्या गरेको स्वीकारेका छन् । अक्टोबर २ मा टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावास प्रवेश गरेदेखि खशोग्जी बेपत्ता भएका थिए । अमेरिकी विदेश मन्त्रालयमा आयोजित एउटा पत्रकार सम्मेलनमा विदेशमन्त्री पोम्पेओले आफू र राष्ट्रपति ट्रम्प \'परिस्थितिलाई लिएर खुशी नरहेको\' बताए । उनले भने, \'हामी यो कुरा प्रस्ट पार्न चाहन्छौँ कि हिंसाको माध्यमबाट एकजना पत्रकारको मुख थुन्ने बर्बर कृत्य अमेरिकालाई सह्य हुँदैन ।\' साउदी युवराज मोहम्मद बिन सलमानले घटनाबारे जे विवरण दिन्छन्, के अमेरिकाले त्यो स्वीकार्ने छ भन्ने जिज्ञासामा पोम्पेओले भने, \'अमेरिकाले जे पत्ता लगाउँछ त्यसलाई हामीले स्वीकार्नेछौँ ।\' \'हाम्रो आफ्नै बुझाइका लागि विश्वभरि हाम्रा मान्छेले काम गर्छन् । हामी आफैँ तथ्य सङ्कलन गर्छौँ । हामी आफैँले तथ्यहरू थाहा पाउनेछौँ ।\' यसअघि टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले मङ्गलवार आफ्ना पार्टीका सांसदहरूलाई सम्बोधन गर्दै खशोग्जीलाई मार्ने योजना निकै दिन अगाडि नै भएको हुनुपर्ने बताएका थिए । उनले खशोग्जीको नियोजित र क्रुरु हत्या भएको पुष्टि गर्ने टर्कीसँग बलियो प्रमाण रहेको पनि बताए । बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy