Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

चितवनको देवघाटमा पार्कसहित शिव मूर्ति बन्दै

चितवन। धार्मिक पर्यटकलाई लक्षित गरी पवित्र तीर्थस्थल देवघाटधाममा पार्कसहितको अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति निर्माण कार्य शुरु भएको छ । भरतपुर महानगरपालिका–१ को सीताराम माविसँगै दुई बिगाहा सात धुर जग्गामा शिवमूर्ति, बाल उद्यान, उद्यान, शिव पञ्चायन मन्दिर निर्माण गरिँदै छ । नारायणी नदीबाट जल तानेर शिवको शिरबाट पाउसम्म झरेपछि कुण्ड हुँदै ११ मुखे धाराबाट झारेर स्नान गर्ने व्यवस्था गरिँदै छ । देवघाटधाम संरक्षण प्रतिष्ठानका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीका अनुसार शिव मूर्ति निर्माणको काम थालिएको छ । तीन वर्षभित्रमा सबै काम सम्पन्न गर्ने गरी तयारी गरिएको उनले बताए । शिवको मूर्ति तामा, पित्तल, चरेस, ढलोट, सुन, चाँदी, सिसा र सिलभर (सिलौट) बाट निर्माण गरिनेछ । प्रतिष्ठानका अध्यक्ष अधिकारीका अनुसार मूर्ति निर्माणका लागि मात्रै रु चार करोड खर्च हुने अनुमान गरिएको छ । उनले भने, “धार्मिक पर्यटकलाई लक्षित गरी हामीले मूर्ति बनाउँदैछौँ ।” प्रतिष्ठानका निवर्तमान अध्यक्ष राजेन्द्र पियाका अनुसार ४० फिट चौडा, ४० फिट लम्बाइ र नौ फिट गहिरो खाडलको छेउछेउमा शिव पञ्चायन मन्दिर र १०८ शिव लिङ्ग हुनेछन् । बीच भागबाट शिव मूर्ति निर्माण गरिनेछ । जमीनको सतहबाट ३० फिट अग्लो अष्टधातुको मूर्ति निर्माण गरिने उनले बताए । नारायणी नदीबाट पानी तानेर शिवको शिरबाट पाउँ (खुट्टा) हुँदै तीनवटा कुण्डमा जम्मा हुनेछ । पियाका अनुसार कुण्डबाट १०० मिटर पर पानी तानेर ११ वटा गौमुखे धाराबाट झारिने छ । ती धारामा भक्तजनले स्नान गर्न सक्नेछन् । नजिकै एउटा बाल उद्यान र अर्को सबैका लागि हुने गरी उद्यान निर्माण गरिनेछ । अत्याधुनिक ढङ्गबाट एक सय जना मानिस बस्न सक्ने क्षमताको धर्मशाला निर्माण पनि गरिने उहाँले जानकारी दिए । प्रतिष्ठानका महासचिव मदन मिश्रका अनुसार विभिन्न ठाउँमा धाञ्याञ्चल महायज्ञ लगाएर रु ५४ लाख सङ्कलन गरिएको छ । प्रदेश सरकारबाट रु। ५० लाख विनियोजन भएको र सङ्घीय सरकारको पर्यटन मन्त्रालयसँग अपुग रकम माग गरिएको छ । विभिन्न दाताले सहयोगका लागि चासो देखाएको उनले बताए । सबै काम सम्पन्न गर्न रु आठ करोडभन्दा बढी रकम लाग्ने अनुमान गरिएको छ । पवित्र तीर्थस्थल देवघाट आउने भक्तजनका लागि यो पार्कसहितको शिव मूर्ति आकर्षक हुने र यसबाट यहाँको धार्मिक पर्यटक प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending