Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

शरणार्थीलाई स्थानीयकरण गर्नु उत्तम विकल्प हैन

दमक। भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समिति (विआरआरसी)ले शरणागत भुटानीलाई नेपालमा नै स्थानीयकरण गर्न नहुने बताएको छ । शरणार्थीलाई नेपालमा नै स्थानीयकरण गराउन चर्चा भइरहेको बेला समितिले स्थानीयकरण उचित नभएको जनाएको हो । शरणार्थीको दिगो समाधान भनेको स्वदेश फिर्ती मात्र एक मात्र उपयुक्त विकल्प भएको समितिको निष्कर्ष छ । रासससँग कुराकानी गर्नुहुँदै समितिका अध्यक्ष डा भम्पा राईले २७ वर्ष लामो समयदेखि पूर्वमा बस्दै आएका भुटानी शरणार्थीलाई जबरजस्ती स्थानीयकरण गराउन खोजिदै गरेको आरोप लगाए । शरणार्थीलाई एकतर्फी रुपले नेपालमा समायोजन गरिनु उपयुक्त नहुने उनको भनाइ छ । उनले भने, “शरणार्थीलाई जबरजस्ती स्थानीयकरण गराउन खोजिदैछ यो कदम उचित होइन ।” शरणार्थीलाई स्थानीयकरण होइन, आत्मसम्मान र स्वाभिमानका लागि पनि भुटानको थातथलोमा स्थापित गराउनु आवश्यक भएको उनी बताउछन् । नेपाली मूलका भुटानी शरणार्थीलाई स्थानीयकरण गराउने मामिला यहाँ बस्ने नेपालीका लागि समेत सामाजिक मुद्धाको विषय भएको डा राईको भनाइ थियो । उनले भने, “शिविरका शरणार्थीलाई स्थानीयकरण गराउँदा त्यसले पु¥याउने असरका बारेमा यहाँका नेपाली गम्भीर हुनुपर्छ ।” उनले शरणार्थी मामिलाका विषयमा नेपाल र भुटान सरकारबीच भएका सबैले उच्चस्तरीय वार्ता सम्मानजनक नभएको समेत टिप्पणी गरे । शरणार्थी समस्या सुल्झाउन १५ औं चरणसम्म द्विपक्षीय उच्चस्तरीय वार्ता भएको थियो । तर ती वार्ता निरर्थक मात्र होइन्, कुनै प्रतिवेदनसमेत सार्वजनिक नगरिकाएकाले सम्मानजनक नभएको उनको जिकिर थियो । उनले नेपाल सरकारले यस मामिलालाई प्रभावकारी उठान नगर्दा समेत शरणार्थी समस्या लम्बिन पुगेको गुनासो गर्छन् । भुटान राष्ट्र सङ्घको एक सदस्य राष्ट्र भएकाले पनि राष्ट्र सङ्घमार्फत नेपालमा रहेका आफ्ना नागरिकलाई घर लैजान दबाब दिनुपर्ने उनको भनाइ थियो । पूर्वको झापा र मोरङका दुईवटा शिविरमा भुटानी शरणार्थी बस्दै आएका छन् । अहिले ती शरणार्थीको सङ्ख्या छ हजारको हाराहारीमा सीमित हुन पुगेको छ । अन्तर्राष्ट्रिय दातृ निकायको पहलमा एक लाख छ हजार बढी शरणार्थी विभिन्न तेस्रो मुलुक पुर्नावास भइसकेका छन् । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy