हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस र नेकपा एमालेबीच विगतमा भएको भनिएको मुख्यमन्त्री पदको आलोपालो सहमतिबारे आफूलाई जानकारी नभएको बताएका छन्।
सोमबार मुख्यमन्त्री कार्यालयमा आयोजित पत्रकार अन्तरसंवाद कार्यक्रममा उनले भागबण्डासम्बन्धी विषयमा अनभिज्ञता व्यक्त गरेका हुन्। ‘भागबण्डाको कुरा मलाई थाहा छैन। पार्टी नेतृत्वलाई पनि जानकारी छैन,’ उनले भने। कार्यक्रममा उपस्थित कांग्रेस र एमालेका मन्त्रीहरूलाई पनि यसबारे जानकारी नभएको उनले उल्लेख गरे।
गत वर्ष साउनमा कांग्रेस–एमालेको संयुक्त सरकार गठन हुँदा २०–२० महिना आलोपालो मुख्यमन्त्री बन्ने सहमति भएको दाबी हुँदै आएको छ। एमालेको समर्थनमा कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा मुख्यमन्त्री नियुक्त भएका थिए। एमाले संसदीय दलका नेता जगन्नाथ थपलियालाई फागुनपछि नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको लामा पक्षका सांसदहरूले बताउँदै आएका छन्।
तर, एक वर्षपछि कांग्रेस संसदीय दलभित्रको समीकरण परिवर्तनसँगै बानियाँले लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए। ९ साउन २०८२ मा २१ सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। १३ साउनमा भएको मतविभाजनमा अविश्वास प्रस्तावको पक्षमा २२ र विपक्षमा १५ मत परेपछि लामा दल नेताबाट हटेका थिए।
१४ साउनमा भएको दल नेताको निर्वाचनमा बानियाँ विजयी भएपछि मुख्यमन्त्री बन्ने बाटो खुलेको थियो। त्यसअघि २०७९ पुसमा भएको निर्वाचनमा भने बानियाँ लामासँग पाँच मतले पराजित भएका थिए।
चालु आर्थिक वर्ष २०८१/८२ को बजेटका विषयमा दलभित्र उत्पन्न विवादपछि विकसित राजनीतिक घटनाक्रमले नेतृत्व परिवर्तन भएको हो। एमालेले पूर्वसहमति अनुसार नेतृत्व हस्तान्तरण हुनुपर्ने विषय उठाउँदै आए पनि मुख्यमन्त्री बानियाँले त्यस्तो सहमतिबारे जानकारी नभएको स्पष्ट पारेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २ गते, २०८३ - १२:२७
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (वैशाख २) बस्दै छ । दिउँसो ४:३० बजे बैठक बोलाइएको हो । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबा...
बैशाख २ गते, २०८३ - १२:२६
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालसम्बन्धी भ्रष्टाचार मुद्दामा आजका लागि तोकिएको सुनुवाइ प्रभावित हुने देखिएको छ। सरका...
बैशाख २ गते, २०८३ - ११:५८
काठमाडौँ । गण्डकी प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन हुँदा कांग्रेसबाट तीन जना नयाँ मन्त्री बनेका छन् । अर्थमन्त्री जित शेरचन र ऊर्जा, जलस्रोत तथा खानेप...
बैशाख २ गते, २०८३ - ११:५१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ । रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यका अनुसार बिहीबार बिहान १२ बजे संसदीय दलक...
बैशाख २ गते, २०८३ - ११:४८
पर्वत । आर्थिक वर्ष सकिन तीन महिनामात्र बाँकी रहँदा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अन्तर्गत सिँचाइसम्बन्धी योजना सम्झौता हुन सकेको छैन । चाल...
बैशाख २ गते, २०८३ - ११:४६
नेकपा बैठकमा झलनाथको छुट्टै समीक्षा दस्तावेजकाे पूर्णपाठ
बैशाख २ गते, २०८३ - ११:२१
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा र संयुक्त समितिका सभापतिहरूको मनोनयन दर्ता बिहीबार हुने भएको छ । सङ्घीय संसद् सचिवालयका सचिव हर्कराज रा...
बैशाख २ गते, २०८३ - ११:२०
काठमाडौं । नेपाली कांग्रेसले समानान्तर गतिविधि गर्दै आएका निवर्तमान सभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने भएको छ । पार्टीको लेटरप्याड प्रयोग ग...
बैशाख २ गते, २०८३ - ११:१९
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन तोलामा २ हजार ९ सय रुपैयाँले बढेको हो । आजका लाग...
बैशाख २ गते, २०८३ - ११:०९
काठमाडाैं । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि विशेष अदालत...


प्रतिकृया लेख्नुहोस्: