Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

एम्बुस सडक : २४ घण्टामा चारको मृत्यु

काठमाडौं । खाल्डा, धुलो, धुवाँ, ट्राफिक जाम काठमाडौं उपत्यकाका सडकको पहिचानै बनिसक्यो । सडकमा यात्रुलाई सास्तीमात्र नभई जोखिम पनि उतिकै छ । पाइलैपिच्छेका जोखिमले कहाँ र कतिबेला ज्यान जाने हो भन्न नसकिने अवस्था छ । आजको नागरिक  दैनिकमा याे खबर छ - असुरक्षित सडक र लापरबाह चालकका कारण तारकेश्वर नगरपालिका लोलाङहाइटकी तिलकुमारी तिवारीसहित तीनजनाको शुक्रबार मृत्यु भयो । बिहान १० बजेतिर ७० वर्षीया तिवारी घरबाट पसलतिर जाँदै थिइन् । उनीसँगै साढे तीन वर्षीय नाति आजित र छिमेकी साबित्री पुडासैनी थिए । तीनजना बाटोमा हिँडिरहेका बेला मालबहालक ट्रकले ठक्कर दियो । तिवारीको घटनास्थलमै र अन्य दुईको उपचारक्रममा मृत्यु भयो । ज्यान गुमाउने मध्ये तिवारी र उनका नाति गोरखा सहिद गाउँपालिका तथा ६० वर्षीया पुडासैनी नुवाकोट ककनीका स्थायी बासिन्दा थिए । काठमाडौं उपत्यकाका सडकमा यात्रुलाई सास्तीमात्र नभई जोखिम पनि उतिकै छ । सो घटनाको २४ घण्टा नबित्दै कीर्तिपुरमा श्याम श्रेष्ठको पनि ज्यान गयो । डल्लुबाट साइकलमा दक्षिणकाली जानेक्रममा त्रिभुवन विश्वविद्यालयको प्रवेशद्वार नजिकैको खानेपानीको धरापयुक्त मंगालमा खसेर उनको ज्यान गयो । मंगालको ढकनी नलगाएका कारणले त्यसमा खसेर उनको ज्यान गएको हो। उपत्यकामा २४ घण्टामा सडकका कारण भएका प्रतिनिपधमूलक दुखद घटना हुन् यी । उपत्यकामा यस्ता खाले घटना नयाँ होइनन् । उपत्यकामा पछिल्ला दिनमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड मेलम्ची आयोजना कार्यान्वयन निर्देशनालय र काठमााडौं उपत्यका खानेपानी लिमिटेडको चरम लापरबाहीका कारणले यस्ता घटना बारम्बार भइरहेका छन् । पाइप राख्न सडक खनेर छाड्ने गर्दा दुर्घटना बढ्न गएका छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending