वासिङ्टन। संयुक्त राज्य अमेरिकामा हुलाकमार्फत् विस्फोटक पदार्थ पठाउने घटनासँग सम्बन्ध भएको आरोपमा एक ५६ वर्षीय व्यक्तिलाई फ्लोरिडामा पक्राउ गरिएको छ । अमेरिकी अधिकारीहरूले पक्राउ परेका व्यक्तिको नाम सिजर सोयक भएको बताएका छन् । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूमा जनाइए अनुसार सवारीसाधनका पार्टपुर्जा विक्री पसलबाट सोयकलाई पक्राउ गरिएको हो ।
अमेरिकी सङ्घीय अनुसन्धान निकाय एफबीआईका निर्देशक क्रिष्टोफर रेका अनुसार शङ्कास्पद पदार्थ रहेको एउटा प्याकेजमा भएको औँलाका छापका आधारमा सोयकलाई पक्राउ गरिएको हो । उनी आपराधिक पृष्ठभूमिका भएको विवरणहरूमा उल्लेख गरिएको छ । पछिल्ला केही दिन यता राष्ट्रपति डोनाल्ड ट्रम्पका आलोचकहरूलाई लक्षित गर्दै विस्फोटक पदार्थ पठाउने गरिएको थियो । प्रहरी नियन्त्रणमा लिइएका सोयकमाथि विस्फोटक पदार्थ पठाएको र पूर्वराष्ट्रपति लगायतका उच्च अधिकारीहरूलाई धम्की दिएको लगायत पाँचवटा अभियोग लगाइएको छ ।
विगत केही दिनयता पूर्वराष्ट्रपति बाराक ओबामा र अभिनेता रोबर्ट डी निरोसहितका मानिसहरूलाई १४ वटा त्यस्ता शङ्कास्पद विस्फोटक पदार्थ पठाइएका थिए । उक्त कार्यलाई राष्ट्रपति ट्रम्पले घृणित भएको र अमेरिकामा त्यसका लागि कुनै स्थान नरहेको बताएको भएपनि तत्कालै कसैलाई पक्राउ भने गरिएको थिएन । राजनीतिक रूपमा निकै ध्रुवीकृत भएको अमेरिकामा मध्यावधि चुनाव हुन अब दुई हप्ताभन्दा कम समय बाँकी रहेका बेला यी घटनाहरू भएका छन् । रासस
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: