Ntc summer Offer
Khabar Dabali १७ कार्तिक २०८१ शनिबार | 2nd November, 2024 Sat
Investment bank

डलर बलियो हुँदा नेपाललाई कस्ताे असर पर्छ ?

नेपाली मुद्राको तुलनामा केही महिनायता बलियो हुँदै गएको डलरको प्रभाव देशको सोधनान्तर अवस्थामा समेत देखा पर्न थालेको अधिकारीहरूले बताएका छन्। डलर महँगो भएसँगै विप्रेषण आप्रवाह बढे पनि यसले उपभोग बढाएर व्यापार घाटा थप चुलिएकोले समेत सोधनान्तर घाटा कम हुन नसकेको उनीहरू बताउँछन्। स्वदेशमै उत्पादन बढाउने वातावरण नबनेसम्म अहिले देखिएको समस्या हल नहुने कतिपय अर्थशास्त्रीको तर्क छ । यस आर्थिक वर्षको पहिलो दुई महिनामा सोधनान्तर घाटा करिब २५ अर्ब पुगेको छ । अघिल्लो वर्ष यही समयमा यस्तो घाटा झण्डै ६ अर्ब रुपैयाँ मात्र थियो । सोधनान्तर घाटा बढ्नुको कारणबारे राष्ट्र ब्याङ्कका एकजना कार्यकारी निर्देशक नरबहादुर थापाले भने, \'नेपाली रुपैयाँ कमजोर भयो । यस्तै सवारीसाधन, सुन र खाद्य वस्तुको आयात निकै बढेको छ। त्यसको प्रभाव आयातमा पनि पारेकोले सोधनान्तर घाटा बढेको हो ।\' गत वर्षको तुलनामा चालु आर्थिक वर्षको दुई महिनामा ३३ प्रतिशत विप्रेषण आप्रवाह बढेको छ । यही अवधिमा करिब २ खर्ब ३३ अर्ब रुपैयाँ बराबरको आयात भएको छ भने १५ अर्ब रुपैयाँ हाराहारीको निर्यात भएको छ । शुक्रवारको विदेशी विनिमयदर अनुसार एक अमेरिकी डलर बराबर ११७ रुपैयाँ ८३ पैसा रहेको छ । कतिपय अर्शास्त्री भने सोधनान्तर घाटा बढ्नुको कारण डलर महँगो हुनु मात्र नरहेको बताउँछन् । त्यस्तैमध्येका एक पोषराज पाण्डे भन्छन्, \'गत वर्षको तुलनामा यसवर्ष ७० प्रतिशत जति प्रत्यक्ष वैदेशिक लगानी आएको छैन । अहिलेको व्यापार घाटाको अवस्था सुधार्न निर्यात बढाउनुपर्छ र त्यसका लागि लगानी गर्ने वातावरण बनाउनुपर्छ।\' तर विश्व ब्याङ्कले हालै सार्वजनिक गरेको डुइङ बिजनेज प्रतिवेदनले यो पहिलाको भन्दा झनै खस्किएको भनेर देखाएको छ । सोधनान्तर घाटा बढ्दै गए पनि अझै आठ महिनाका लागि वस्तु तथा सेवा आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति देशको ढुकुटीमा रहेको केन्द्रीय ब्याङ्कले जनाएको छ । तर निकट भविष्यभित्र स्वदेशमै उत्पादन बढाएर व्यापार घाटा कम गर्न सकिएन भने यसले अर्थन्त्रमा थप चाप पार्ने अर्थविद्हरूले बताएका छन्। बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy