Khabar Dabali १६ श्रावण २०८३ शनिबार | 1st August, 2026 Sat
Investment bank

धनुषामा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

खबरडबली संवाददाता

महोत्तरी । धनुषा जिल्लामा जारी गरिएको कर्फ्यु आदेश हटाइ निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले शनिबार सूचना जारी गर्दै साउन १४ गते दिउँसो ३:३० बजेदेखि लागू गरिएको कर्फ्यु आदेश शनिबार बिहान १० बजेदेखि हटाइएको जनाएको हो।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनाअनुसार जिल्ला सुरक्षा समितिको बैठकको निर्णयपछि कर्फ्यु हटाइएको भए पनि अर्को आदेश नभएसम्मका लागि निश्चित क्षेत्रमा निषेधाज्ञा भने यथावत् रहेको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० बमोजिम जारी निषेधाज्ञाअनुसार तोकिएका चार किल्लाभित्र पाँच जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ। प्रशासनले निषेधाज्ञाको उल्लङ्घन गर्ने जो–कोहीलाई नियन्त्रणमा लिई प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिएको छ।

प्रशासनले सार्वजनिक गरेको विवरणअनुसार निषेधाज्ञा लागू हुने क्षेत्रको उत्तरमा लक्ष्मीनियाँ हाटबजार चोकदेखि सिनुरजोडा चोक हुँदै लक्ष्मीपुर बेङ्गासम्म, पूर्वमा बेलौनी रोडस्थित एमक्यु स्टिलबाट करिब ५०० मिटर पूर्व पेट्रोल पम्प हुँदै राष्ट्रिय प्राथमिक विद्यालयसम्म, दक्षिणमा नगराइन नगरपालिका क्षेत्रदेखि नगराइन चोकसम्म तथा पश्चिममा सिनुरजोडा –सोहनी–मनिमण्डप–नेपाल नर्सरी–इस्कोन जनकपुर–दुधमती पुल–बेला–कादरी मस्जिदसम्मको क्षेत्र समेटिएको छ।

जिल्ला प्रशासन कार्यालयले नागरिकलाई शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न तथा कुनै पनि अफवाहको पछि नलाग्न आग्रह गरेको छ। साथै सुरक्षा निकायसँग समन्वय गरी जिल्लाको सुरक्षा अवस्थालाई निरन्तर निगरानीमा राखिएको प्रशासनले जनाएको छ।

पछिल्ला दिनमा जिल्लामा उत्पन्न असामान्य परिस्थितिलाई मध्यनजर गर्दै प्रशासनले सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाएको जनाएको छ। नागरिकलाई कानुनको पालना गर्दै सामान्य जनजीवनलाई सहज बनाउन सहयोग गर्न पनि प्रशासनले अपिल गरेको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस इतर समूहको राष्ट्रिय भेला तयारी तीव्र, ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी राष्ट्रिय भेलाको तयारीलाई औपचारिक रूप दिँदै ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ। शनिबार आ...

विश्व स्तनपान सप्ताह : जन्मेको एक घण्टाभित्रै शिशुलाई आमाको दुध खुवाउन आग्रह

काठमाडौँ। आजदेखि विश्वभर विश्व स्तनपान सप्ताह मनाउन थालिएको छ।  यस वर्ष दिगो जीवनको स्वस्थ सुरुआत स् प्रभावकारी स्तनपानका लागि सबैको साथ भन्ने नारा...

विश्व स्तनपान सप्ताह : जन्मेको एक घण्टाभित्रै शिशुलाई आमाको दुध खुवाउन आग्रह

काठमाडौँ। आजदेखि विश्वभर विश्व स्तनपान सप्ताह मनाउन थालिएको छ।  यस वर्ष दिगो जीवनको स्वस्थ सुरुआत स् प्रभावकारी स्तनपानका लागि सबैको साथ भन्ने नारा...

प्रवेश परीक्षा दिन गएका युवाले विश्वविद्यालयको छतबाट हाम फाल्दा मृत्यु

धनगढी। सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा प्रवेश परीक्षा दिन पुगेका एक युवाको भवनबाट हाम फालेपछि उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला...

ब्रोड पिक हिमपहिरोमा नेपालीसहित तीन पर्वतारोहीको शव फेला

इस्लामाबाद। पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका १० पर्वतारोहीको खोजीका क्रममा उद्धार टोलीले चार शव फेला पारेको छ । तीमध्ये तीन ज...

सहकारी ठगीका मुद्दा छिटो टुंग्याउन समर्पित इजलास गठनको प्रस्ताव

काठमाडौं। सहकारी ठगीसम्बन्धी मुद्दाको बढ्दो चापलाई मध्यनजर गर्दै सरकारले मुद्दाको शीघ्र न्याय निरूपणका लागि जिल्ला अदालतहरूमा ‘सहकारी कसुर हेर्ने समर्...

धनुषामा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

महोत्तरी । धनुषा जिल्लामा जारी गरिएको कर्फ्यु आदेश हटाइ निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले शनिबार सूचना जारी गर्दै साउन १४ गते ...

लहानमा कर्फ्यु हट्यो

लहान। सिरहाको लहान क्षेत्रमा बुधबार अपराह्न ४ बजेदेखि लागू गरिएको कर्फ्यु शनिबार बिहान १० बजेदेखि हटाइएको छ। कर्फ्यु हटाइएसँगै लहानमा सद्भाव र्‍याली न...

सामाजिक सद्भावका पक्षमा काठमाडौंमा विद्यार्थीको प्रदर्शन, माइतीघरबाट एकता र्‍याली

काठमाडौं । विभिन्न विद्यार्थी सङ्गठनहरूले सामाजिक एकता, धार्मिक सहिष्णुता र आपसी सद्भाव कायम राख्ने सन्देश दिँदै शुक्रबार काठमाडौंमा संयुक्त सद्भाव र्...

वीरगञ्जमा फेरि निषेधाज्ञा, शुक्रबार साँझदेखि शनिबार बिहानसम्म लागू

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रका विभिन्न स्थानमा पुन: निषेधाज्ञा जारी गरेको छ। शुक्रबार साँझ ५ बजेदेखि शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending