Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

अन्ततः भारतले मार्‍यो ६ वर्षीया नरभक्षी बघिनीलाई

भारतीय इतिहासकै ठूलोमध्येको एक खोजी अभियानपछि एउटी ६ वर्षीया नरभक्षी बघिनीलाई गोली हानी मारिएको छ । ६ वर्षीया उक्त बघिनी दुई वर्षअघि पश्चिमी राज्य महाराष्ट्रको जङ्गलबाट भागेकी थिइ । गत महिना वन अधिकारीहरूले ती बघिनीलाई आकर्षित पार्न अत्तर छर्केका थिए । अधिकारकर्मीहरूले ती बघिनीलाई बचाउने अभियान चलाएका थिए, तर सर्वोच्च अदालतले वन अधिकारीहरू त्यसलाई मार्न बाध्य भए त्यसमा हस्तक्षेप नगर्ने बताएको थियो । बघिनी देखिएको सूचनाका आधारमा शुक्रवार साँझ एउटा गस्ती टोली बोराती गाउँ नजिकको क्षेत्र पुगेको थियो । बेहोस पार्ने डार्ट्स प्रहार गरिएपछि आठदेखि १० मिटरको दूरीबाट एउटै गोलीको प्रहारबाट बघिनी मारिएको अधिकारीहरूले बताएका छन् । अधिकारीरहरूका अनुसार अब सो बघिनीको शवको पोस्टमार्टम गरिनेछ । बघिनीलाई लक्षित गर्दै मध्य भारतमा ठूलो स्तरमा एउटा खोजी अभियान गरिएको थियो । वन विभागका एक सयभन्दा बढी अधिकारी, सुरक्षाकर्मी, बेहोस पार्ने विशेषज्ञ, निशानेबाज र पशु चिकित्सक एउटा बघिनीलाई खोजिरहेका थिए । गत सेप्टेम्बरमा सर्वोच्च अदालतले ती बघिनीलाई मार्न नहुने मागसहितको एउटा रिट खारेज गरिदियो, त्यसपछि बघिनीको खोजी अभियान पुनः शुरू भएको थियो । भारतमा पहिला घट्ने क्रममा रहेको बाघको सङ्ख्या संरक्षण प्रयासपछि सन् २००६ यता बढिरहेको छ । विश्वका कुल बाघमध्ये ६० प्रतिशत भारतमा छन् । सन् २०१४ मा गरिएको गणना अनुसार भारतमा बाघको सङ्ख्या २,२२६ छ । भारतको पर्यावरण मन्त्रालयका अनुसार बाघ र हात्तीको आक्रमणबाट सन् २०१४ को एप्रिलदेखि सन् २०१७ को मेको बीचमा १,१४४ जना मारिएका छन् । त्यसमध्ये १,०५२ जना हात्तीको आक्रमणबाट मारिएका हुन् भने ९२ जना बाघको आक्रमणबाट। बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies