Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

अलैँची किसानको दुःखेसोः विदेश जाम त उमेर छैन, नजाम त दुःख पाइने भइयो

लमजुङ। मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका आइतराम तामाङले विदेश छाडेको धेरै भयो । १० वर्ष कतारमा पसिना बगाएका तामाङले गाउँमा अलैँची खेतीको विस्तार भएपछि नेपाल फर्केका थिए । ‘‘गाउँका साथीले अलैँची लगाएको देखेर विदेशवाट छुट्टीमा आउँदा मैले पनि अलैँची लगाएर फेरि विदेश नै फर्किए । यता गाउँका साथीले अलैँचीबाट राम्रो आम्दानी गरेको भन्ने सुनेर विदेश छोडेर गाउँमा अलैँची खेती विस्तार गरेँ । विदेशवाट फिर्किएपछि सबै जग्गामा अलँैची लगाएँ । विदेशमा जसोतसो वार्षिक तीन÷चार लाख रुपैयाँ कमाउन सकिन्थ्यो, तर घरमा नै बसेर अलँैचीबाट मात्रै वार्षिक १० लाख भन्दा बढी आम्दानी हुन्थ्यो । शुरुवाती चरणमा त विदेशको भन्दा अलैँचीबाट तीन गुणा बढी आम्दानी पनि भएको थियो । तामाङ भन्छन्, “पहिला त्यति धेरै उत्पादन गरेको अलैँचीबाट अहिले मुस्किलले वार्षिक रुपमा एक लाख रुपैँया पनि हात पर्न मुस्किल भएको छ । विदेश छोडी गाउँमा नै केही गर्ने भन्दै बसियो । अलैँचीको भाउ घट्यो, अलैँचीमा पनि अनेक रोग लागेको छ । पहिला प्रतिकिलो अलैँची बिक्री गर्दा दुई हजार रुपैयाँदेखि दुई हजार २०० पाउने गरेकामा अहिले रु पाँच÷छ सयमा बिक्री गर्नुपर्छ ।” कमाउने उमेर हुदाँ विदेश छोडेर गाउँमै बसियो अहिले अलैँचीबाट कम आम्दानी भएपछि विदेश जान पनि नसकिने र यहीँ पनि बसेर कमाइ नहुने अप्ठ्यारो अवस्थामा परेको उनी बताउछन् । ‘‘विदेश जाम त उमेर छैन, त्यति बेलाको जस्तो जोस् जागर छैन, नजाम त पहिलाको जस्तै दुःख पाइने भइयो,’’ उनले दुःखेसो पोखे । अलैँचीखेती शुरु गर्नु पूर्व जुन सपना देखेका थिए, त्यही सपना सपनामा मात्रै सीमित भएको छ, उनलाई । अहिले अलैँचीबाट कम आम्दानी भएपछि घर व्यवहार चलाउन गाह्रो भएको अनुभव सुनाउछन् । गाउँमा नै अरु काम गरु त भएको सबै बारीमा अलैँची लगाएँ । ‘‘अर्को वर्ष केही हुन्छ, कि भन्ने आशमा गोडमेल गरेको छु । गाउँ छोडेर अन्त जाउँ भने कहाँ जाउँ । न जोस् जाँगर छ, न त पैसा नै छ’’ उनले दुःख व्यक्त गरे । ‘‘हामीले अहिलेसम्म गरेको दुःख त माटोमै मिल्यो’’ उनले भने । अलैँची किसानको समस्यालाई हेरी सरकारसँग अलैँची खेतीका लागि केही सुविधा वा राहतको व्यवस्था गरिदिन आग्रह गर्छन् । गाउँमा सबैले अलैँची लगाएको देखेर राम्रो कमाइ होला भन्ने आशमा उनले सबै जग्गामा अलैँची रोपेको बताए । ‘‘खेती हुने सबै जग्गामा अलैँची लगाए । अहिले अलैँचीको मूल्य घटेर दुःख गरेजति आम्दानी छैन’’ उनले भने “पहिला अलैँची बिक्रीबाट आएको पैसा बैँकमा राखेको थिएँ, अहिले त्यही पैसा निकालेर खाएको छु ।’’ अलैँचीबाट आम्दानी कम भएपछि अहिले उहाँले घरमा भेँडा, बाख्रा पाल्न थालेको छ । त्यही बिक्री गरी घरखर्च चलाउनु परेको उनको भनाइ छ । मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलामा मात्रै २० हेक्टर क्षेत्रफलमा अलैँचीखेती गरिँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा नै अलैँची उत्पादन बढी भएकाले गतवर्ष अलैँचीको मूल्यमा गिरावट आए पनि यो वर्ष क्रमिकरुपमा सुधार भएको अलैंची व्यवसायी महासङ्घ जिल्ला शाखा लमजुङका अध्यक्ष अजय तामाङले बताए । जिल्लामा अलैँचीको गुणस्तरमा विस्तारै सुधार भएकाले निराश नहुन अलैँची कृषकलाई आग्रह गरे । ‘‘अहिले गुणस्तरीय अलैँची उत्पादनमा हामी सबै लागेका छौँ’’ उनले भने, “अलैँची कृषकको बारीमा गएर अलैँची टिप्नेदेखि आधुनिक भट्टीमा सुकाउने तरिका सिकाएका छौँ ।” जिल्लामा गुणस्तरीय अलैँची उत्पादन भएको उहाँले दाबी गरे । जिल्लामा ९५० हेक्टर क्षेत्रफल जग्गामा अलैँचीखेती गरिँदै आएकामा हाल ६५० हेक्टर क्षेत्रफल जग्गामा उत्पादन भएको छ । गतवर्ष ७२१ क्वीन्टल अलैंँची उत्पादन भएको अलैँची व्यवसायी महासङ्घले जनाएको छ । यो वर्ष थप १०६ हेक्टर क्षेत्रफलमा अलैंचीखेती विस्तार गरिएको छ । खेती विस्तार गरिए पनि यसवर्ष अलैँची उत्पादन घट्ने अनुमान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना ९अलैंची जोन० कार्यालयका वरिष्ठ जोन अधिकृत गोविन्दराज कोइरालाका अनुसार जिल्लाका आठ स्थानीय तहमा अलैँचीखेती गरिएको छ । करीब ८०० देखि एक हजार ७०० मिटर उचाइमा हुने अलंँैची गर्मी र जाडोमा हुने दुई थरीका हुन्छन् । लमजुङमा हाल गोलसायी र रामसायी जातका अलैंँची उत्पादन हुँदै आएको छ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy