Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

यात्रुद्वारा फल गन्हाएको गुनासो गरेपछि विमान रोकियो

इन्डोनेशियामा यात्रुहरूले डुरियन फलको चर्को गन्ध आएको गुनासो गरेपछि एउटा विमानको उडान केही समयका लागि रोकिएको छ। जाकार्ताबाट बेङ्कुलु उड्न लागेको श्रीविजया एअरको सो विमानमा कार्गो गरिएको दुई टन डुरियन फल थियो। डुरियनलाई संसारको सबैभन्दा गन्हाउने फल मानिन्छ। विमानमा चढेका यात्रुहरूले फल हटाउन आग्रह गरेका थिए। केहीको त चालकदलका सदस्यसँग हात हालाहालको स्थिति नै उत्पन्न भएको थियो। अन्ततस् डुरियनका बोराहरू विमानबाट निकालियो र निर्धारित समयभन्दा एक घण्टा ढिलो विमान आफ्नो गन्तव्यतर्फ उड्यो। श्रीविजया एअरले गन्हाउने भए पनि डुरियन फलको कार्गो बोक्नु आफ्नो अधिकारभित्र नै रहेको जनाएको छ। उडान नियमावली पालना गरेर राम्ररी राखिएको डुरियन बोक्नु गैरकानुनी नभएको र धेरै विमानसेवाले त्यसो गर्ने उसको दाबी छ। काँडेदार डुरियनलाई एशियाका धेरै ठाउँमा स्वादिष्ट मानिन्छ। तर सबैलाई त्यो फल मन पर्छ भन्ने छैन। चर्को गन्ध आउने भएकाले केही देशमा सार्वजनिक यातायात, होटल र विमानमा पनि यसको ओसारपसार गर्न रोक लगाइएको छ। विमानमा को उड्न चाहन्छ  ? सोमवार भएको सो घटनाबारे एक यात्रुले फेसबुकमा सविस्तार लेखेका छन्। अमिर जिदान लेख्छन्, -विमानमा छिर्दा नै मैले डुरियनको गन्ध थाहा पाइसकेको थिएँ। मैले विमानपरिचारिकालाई त्यसबारे भन्दा उनीहरूले गुनासो फारम भर्न लगाए।\' चालकदलले उनलाई त्यो गन्ध विमान उडिसकेपछि हराउने आश्वासन दिन खोज्यो। तर उनको चित्त बुझेन र उनले अरू यात्रुको पनि समर्थन जुटाए। जिदानका अनुसार उनले कराएर अरू यात्रुलाई \'यो विमानमा को उड्न चाहन्छ ?\' भनेर सोध्दा सबैले आफूले उड्न नचाहेको उत्तर दिएका थिए। अरू यात्रुले पनि गुनासो गर्न थाले। केहीको त चालकदलका सदस्यसँग हात हालाहालकै स्थिति उत्पन्न भयो। अन्ततः यात्रुहरूलाई विमानबाट ओर्लिन भनियो र डुरियनको कार्गो निकालियो। बेङ्कुलु विमानस्थलका प्रमुखले एउटा स्थानीय सञ्चारमाध्यमलाई सो घटनाको पुष्टि गरेका छन्। अबउप्रान्त यात्रुलाई अप्ठेरो नहोस् भनेर फल राखिएको स्थिति विमानस्थलले हेर्ने उनले बताएका छन्। बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending