Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

ट्रम्पले महान्यायाधिवक्तालाई बर्खास्त गरेपछि अाफैले गरे यस्तो ट्वीट

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले देशका महान्यायाधिवक्ता जेफ सेसन्सलाई पदबाट बर्खास्त गरेका छन् । बुधवार ट्वीट गर्दै ट्रम्पले भनेका छन्, \'हामी महान्यायाधिवक्ता जेफ सेसन्सलाई धन्यवाद दिन चाहन्छौँ र उनको राम्रो होओस् भन्ने कामना गर्दछौँ ।\' ह्वाइट हाउसलाई चिन्तित बनाएको अमेरिकी चुनावमा रुसको हस्तक्षेपसम्बन्धी अनुसन्धान प्रक्रियाबाट आफूलाई अलग्ग्याएपपछि कानून कार्यान्वयन गराउने उच्च अधिकारी सेसन्सको ट्रम्पले पटक-पटक आलोचना गर्दै आएका थिए । तत्कालका लागि सेसन्सको स्थान उनका वरिष्ठ सहयोगी \'चिफ अफ स्टाफ\' म्याथ्यु ह्वीटेकरले लिनेछन् । अनुसन्धान सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा मस्कोको आरोपित हस्तक्षेपबारेको अनुसन्धानको ह्वीटेकरले आलोचना गर्दै आएका छन्। राजीनामापत्रमा सेसन्सले महान्यायाधिवक्ता पद छाड्ने निर्णय आफ्नो नभएको स्पष्ट पारेका छन् । अलाबामा राज्यका पूर्वसिनेटर सेसन्सले राष्ट्रपति ट्रम्पलाई शुरुमै समर्थन गरेका थिए । मिति उल्लेख नगरिएको आफ्नो राजीनामापत्रमा सेसन्सले लेखेका छन्, \'प्रिय राष्ट्रपति महोदय, तपाईँको आग्रहमा म आफ्नो पदबाट राजीनामा दिँदैछु।\' ट्रम्पलाई धन्यवाद दिँदै सेसन्सले थपेका छन्, \'सबैभन्दा महत्त्वपूर्ण कुरा म महान्यायाधिवक्ता पदमा रहँदा हामीले विधिको शासन पुनर्स्थापित गर्न सक्यौँ र त्यसलाई कायम गर्न सक्यौँ ।\' ह्वाइट हाउसस्थित एउटा स्रोतका अनुसार ट्रम्पले संसदीय चुनावका नतिजाबारे कुरा गर्न बुधवार एउटा पत्रकार सम्मेलन गर्नुअघि ट्रम्पका वरिष्ठ सहयोगी ह्वाइट हाउस चिफ अफ स्टाफ जन केलीले सेसन्सलाई फोन गरेका थिए । आरोपित रुसी हस्तक्षेपसम्बन्धी अमेरिकी अनुसन्धानबाट सन् २०१७ को मार्चमा सेसन्स अलग भएदेखि ट्रम्पले उनको आलोचना गर्दै आएका थिए । विशेष अनुसन्धानकर्ता रोबर्ट म्युलरले ट्रम्पको चुनावी प्रचार अभियान र मस्कोबीचको सम्भावित साठगाँठका प्रमाण जुटाउन प्रयत्न गर्दै आएका छन् । विपक्षी डेमोक्र्याटिक पार्टीका नेताहरूले महान्यायाधिवक्तालाई बर्खास्त गर्ने कदमप्रति आपत्ति जनाएका छन् । सिनेटमा प्रतिनिधित्व गर्ने पार्टीका एक नेता चक स्कमरले ट्वीट गरेका छन्, \'स्पष्ट रूपमा राष्ट्रपतिले लुकाउनुपर्ने केही कुरा हुनुपर्छ ।\' बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending