Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

अर्थतन्त्रमा नागरिक असन्तुष्टि देखिएपछि आगामी मे मा निर्वाचन हुने

दक्षिण अफ्रिका। दक्षिण अफ्रिककामा देखिएको अर्थतन्त्रलाई लिएर यहाँका नागरिकमा व्यापक असन्तुष्टि देखिएपछि आगामी बर्षको मे महिनामा निर्वाचन गरिने भएको यहाँका अधिकारीहरूले बुधबार जनाएका छन् । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा र उनको सत्ताधारी दल, अफ्रिकन नेशनल कङ्ग्रेस (एएनसी)ले कमजोर अर्थतन्त्रलाई लिएर देखाएको मतदाताको बढ्दो असन्तुष्टिलाई सम्बोधन गर्न निर्वाचनबाट जनमत लिने एएनसीले निर्णय गरेको हो । यद्यपि राष्ट्रपतिद्वारा निर्वाचनको औपाचारिक घोषणा भने आगामी फेब्रुवरीमा गर्ने तयारी रहेको एएनसीले जनाएको छ । सन् १९९४ आएको नेल्सन मण्डेलाको नेतृत्वमा आएको राजनीतिक एवम् सामाजिक परिवर्तनपछि सत्तामा रहेको एएनसीले सन् २०१६ को स्थानीय निर्वाचनमा नराम्रो नतिजा ल्याएको थियो । स्थानीय निर्वाचनमा आएको खराब मत परिणामपछि लामो समयदेखि सत्ताको नेतृत्व गरेका ज्याकोब जुमालाई भ्रष्टाचार आरोपमा सत्ताबाट हट्न बाध्य पारिएको थियो । जुमामाथि सत्तारूढ एएनसीले राजीनामा नदिए सदनमा महाभियोग लगाउने चेतावनी दिएपछि उनले राजिनामा दिएका थिए । जुमाले राष्ट्रपतिबाट राजिनामा दिएपछि करिब नौ महिना पहिले धर्मराउँदो अर्थतन्त्र, विभाजित पार्टी र भ्रष्टाचारसँग जुध्नुपर्ने मुख्य चुनौती देशका सामु रहेको र यसमा आफ्नो महत्वपूर्ण भूमिका रहने उद्घोषसँगै रामाफोसा नयाँ राष्ट्रपतिको रूपमा नियुक्त भएका थिए । दक्षिण अफ्रिकाको रंगभेदी शासनको विरोध गर्दा पटकपटक जेल पनि पर्नु भएका उहाँ सन् १९९० मा सर्वोच्च नेता नेल्सन मण्डेलालाई जेल मुक्त गर्न गठित समितिमा अध्यक्ष थिए । सन् २०१४ मा भएको संसदीय निर्वाचनमा एएनसीले ६२ प्रतिशत मत ल्याएको थियो भने प्रतिपक्षी समूहको डेमोक्रेटिक अलाइन्सले २२ र दक्षिण अफ्रिकी बामपन्थी दल इएफएफले छ प्रतिशत मत ल्याएको थियो । एएफपी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies