Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

संकटमा भारतीय कम्युनिष्ट पार्टी, ४२ कोठे कार्यालय खर्च जुटाउन नै समस्या

नयाँ दिल्ली । नेपालमा कम्युनिष्ट आन्दोलन झनै संगठित र बलियो भएको अवस्थामा भारतमा भने पुरानो मानिने कम्युनिष्ट पार्टी संकटमा परेको छ । भारतमा कांग्रेसपछि सबैभन्दा पुरानो कम्युनिष्ट पार्टी अफ इण्डिया (भाकपा) संकटमा परेको हो । भारतमा सात वटा राष्ट्रिय दलमध्ये एक रहेको छ । अहिले भने यो पार्टीको जनाधार मात्रै होइन, पार्टी चलाउन सामान्य आर्थिक अवस्था समेत राम्रो छैन । जबकि सार्वजनिक गरिएको तथ्य अनुसार, सत्तारुढ भारतीय जनताले पार्टीले गत वर्ष १०३० करोड रुपैयाँ चन्दा पाएको थियो । भारतीय कम्युनिष्ट पार्टी (भाकपा)को जन्म सन् १९२५ मा भएको थियो । त्यसै वर्ष डा. हेडगोवरले राष्ट्रिय स्वयंसेवक संघको स्थापना गरेका थिए । १९६९ मा इन्द्रप्रस्थ एस्टेटमा भाकपाले ३ तले घरमा आफ्नो राष्ट्रिय कार्यालयको स्थापना गरेको थियो । राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका खेलेको भाकपाबाट सांसद इन्द्रजीत गुप्ताले संयुक्त मोर्चा सरकारमा गृह मन्त्रालय जस्तो महत्वपूर्ण मन्त्रालय समेत चलाएका थिए । त्यो बेला महासचिव एबी बर्धन, चतुरानन मिश्र, अजय घोष, भूपेश गुप्त, गीता मुखर्जी जस्ता चर्चित नेता भाकपामा थिए । त्यो बेला ढिला रातीसम्म यो कार्यालयमा चहलपहल देखिन्थ्यो । तर आज भने यो अजय भवन भूत बंगला जस्तो लाग्छ । ४२ कोठा भएको यो घरमा आज जम्मा ४ जना नियमित कर्मचारी रहेका छन् । क्यान्टिन समेत बन्द छ । कार्यालयमा एक दुई जना केन्द्रीय पदाधिकारी मात्रै नियमितरुपमा बस्ने गर्दछन । पार्ट मुख्यालय अजय भवनका ४२ कोठामा एटेच्ड ट्वाइलेट छन । यसमध्ये १६ कोठामा ७२ जना बस्न सक्ने व्यवस्था समेत गरिएको छ । १४ कोठामा चार खाट छन् भने अरुमा आठ आठ जना बस्न सक्छन । तेश्रो तलामा ठूलो हल रहेको छ । भूईंतलामा भने पुस्तकालय, लाइब्रेरी र पुस्तक पसल रहेको छ । भवनमा दुईवटा लिफ्ट छन । यो सबै व्यवस्थापन गर्न बिजुली पानीको मात्रै महिनामा दुई लाखको बिल आउने गर्दछ । त्यसमाथि नियमित कर्मचारीको तलब र पूर्णकालिन नेताहरुलाई १३००० रुपैयाँ प्रतिमहिना भत्ताको बोझ । एकजना वरिष्ठ नेताका अनुसार, राजनीतिक अस्तित्व साँघुरिएसँगै आय पनि घटदै गएको हो । अहिले भने सामान्य खर्च जुटाउन पनि गारो परेको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending