Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

लाखौं लगदसहित दुई सय ३२ जना जुवाडे पक्राउ

चितवन। विभिन्न स्थानबाट प्रहरीले दुई सय ३२ जनालाई पक्राउ गरेको छ । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले रामपुर नगरपालिका–६ विजयपुरमा गए राति रु एक लाख २५ हजारसहित सात जुवाडेलाई पक्राउ गरेको छ । स्थानीयवासी पदमबहादुर मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय रामपुरको टोलीले मल्लसहित नेत्रप्रसाद भट्टराई, खेमराज भण्डारी, देव सेन, दुर्गाबहादुर घर्ती, हेमराज थापा र भेषबहादुर शाहलाई प्रक्राउ गरेको हो । चितवन जिल्ला प्रहरी कार्यालयले जुवातास नियन्त्रण अभियानअन्तर्गत तिहारमा ७८ जुवाडेलाई पक्राउ गरी आवश्यक कानुनी कारवाही गरेको छ । प्रहरीले यस क्रममा रु ११ लाख २७ हजार बरामद गरेको छ । प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार कात्तिक १२ गतेदेखि २३ गतेसम्म जिल्लाको भरतपुर, रत्ननगर र खैरहनीबाट कौडा र तास खेल्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । कात्तिक १२ गतेबाट २३ गतेसम्म जिल्लाको भरतपुर, रत्ननगर र खैरहनी क्षेत्रबाट कौडा र तास खेल्दै गरेका जुवाडे पक्राउ परेका हुन् । पक्राउ परेका उपर मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ अनुसार कारवाही गरिनेछ । सुर्खेतमा ७७ जुवाडे पक्राउ सुर्खेत जिल्ला प्रहरी कार्यालयले दशैँ र तिहारको अवधिमा ७७ जुवाडेलाई पक्राउ गरेको छ । यस क्रममा रु १० लाख ५१ हजार समेत बराबद गरेको प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । बुटवल प्रहरीले तिहारको समयमा जुवा खेल्ने ७० जुवाडेलाई पक्राउ गरेको छ । रुपन्देहीको बुटवल, भैरहवा, मणिग्राम, ड्राइभरटोल, खैरेनी लगायतका स्थानबाट उनीहरुलाई पक्राउ गर्नुका साथै रु १७ लाख ७० हजार बरामद गरेको छ । रु ५० हजारभन्दा बढीको जुवा खेल्ने जुवाडेमाथि मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिल्लीबहादुर मल्लले जानकारी दिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy