Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

मुद्दा खारेज गरेपछि विपक्षी नेताले चुनाव लड्न पाउने बाटो खुल्ला

सुभा। फिजीको एक उच्च अदालतले मुलुकको मुख्य विपक्षी पार्टीका नेता सिटीभेनी राबुकामाथि लागेको भ्रष्टाचारको मुद्दा खारेज गरेको छ । अदालतको आदेशसँगै उनलाई आगामी संसदीय चुनाव लड्न पाउने बाटो खुलेको छ । सोडेल्पा पार्टीका अध्यक्ष राबुकाले आफूमाथि राजनीतिक प्रेरित भ्रष्टाचार मुद्दा लगाएर चुनावमा उठ्न नदिने षडयन्त्र भएको बताउँदै आएका थिए । पूर्व प्रधानमन्त्री समेत रहनुभएका राबुकामाथिको भ्रष्टाचारको मुद्दामा सुभास्थित उच्च अदालतले सफाई दिएको हो । उनी विरुद्ध फिजी स्वतन्त्र भ्रष्टाचार नियन्त्रण आयोगले मुद्दा चलाएको थियो । सोमबार फैसला सुनाउँदै मुख्य न्यायाधीश एन्थोनी गेट्सले राबुकामाथिका आरोपमा तथ्य र प्रमाणको अभाव रहेको बताए । अदालत परिसर बाहिर भेला भएका सोडेल्पा समर्थकहरु खुशीले नाचगान गरेका थिए । त्यस अवसरमा अध्यक्ष राबुकाले आफ्ना समर्थकहरु सबैलाई धन्यवाद दिए । राबुकाको नेतृत्वमा सन् १९८० को दशकमा दुईपटक सत्ता विद्रोह भएको थियो भने सन् १९९२ देखि १९९९ सम्म फिजीको प्रधानमन्त्री भएका थिए । उहाँले सत्तारुढ फिजीफस्र्ट पार्टीलाई चुनौती दिइरहेका छन् । फिजीफस्र्ट पार्टीका नेता प्रधानमन्त्री फ्रान्क बैनीमारामाले सन् २००६ मा रक्तपातविहीन सत्ता विद्रोह गरेका थिए। सन् २०१४ को निर्वाचनमा विजयी हुनुअघि उनले स्वेच्छाचारी रुपमा सरकार सञ्चालन गरेका थिए । हालैका सर्वेक्षणमा बैनीमारामाले नै चुनाव जित्ने अनुमान गरेका छन् । एएफपी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending