काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा दुईतिहाइ बहुमतको आसपास पुगेको पार्टीलाई जोगाउन अनेक कोसिस गरिए पनि त्यो असफल भएको बताएको छन् ।
एमालेको बागमती प्रदेश जागरण अभियानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी र नेतृत्वमाथि पटक–पटक चौतर्फी आक्रमण हुने गरेको उल्लेख गर्दै सो कुरा बताभएको हो ।
अध्यक्ष ओलीले भने, “अन्तिममा, पार्टी फुटाएरै छोडे । हामीलाई पार्टीबाट निष्कासन नै गरियो । हामीले पार्टी पुनर्गठन गर्यौँ र फेरि पार्टी जस्ताको तस्तै बनायौँ । २७५ कुल सिटमध्ये १७५ सिट पुर्याएको अवस्थामा अर्थात् दुईतिहाइका लागि मात्र नौ सिट कम भएको अवस्थामा पार्टी फुटाए । अनेक हिसाबले अनेक प्रयास गरेर पार्टी जोगाउन खोजियो, तर जोगाउन मानेनन् ।”
“कहिले एउटाले फुटाउँछ, कहिले अर्काले फुटाउँछ । हामी पार्टीबाट निकालियौँ, पुनर्गठन गरेर पनि हामीले उहाँहरूको पदहरू जस्तै वरिष्ठ नेता, उपाध्यक्ष, सचिव, उपसचिव कुनै पदबाट कसैलाई निकालेनौँ । जस्ताको तस्तै राखेर पार्टी जोगाउने कोसिस गर्यौँ,” उनले भने, “पुसमा उहाँहरूले हामीलाई पार्टी सदस्यताबाट निकाल्नुभयो, भदौ १० गते उहाँहरूले पार्टी फुटाउँदा पनि हाम्रो जोगाउने प्रयास रहिरह्यो ।”
उहाँले वि।सं। २०५१र५२ सालमा एमालेले चुनाव जित्ने निश्चित भएको अवस्थामा पार्टीविरुद्ध देशद्रोही भनेर भ्रमपूर्ण हल्ला फिजाउने काम भएको स्मरणसमेत गरे।
अध्यक्ष ओलीले भने, “२०५१र५२ सालपछि हाम्रो पार्टीले निश्चित रूपमा चुनाव जित्ने अवस्था भयो । पार्टीप्रतिको जनआकर्षण व्यापक भयो । यो देशभक्त र राष्ट्रवादी पार्टीलाई स्पष्ट ढङ्गले सङ्घर्ष गर्ने पार्टीका रूपमा स्थापित हुन नदिन राष्ट्रघाती पार्टी भनेर उपद्रो मच्चाइयो । सबभन्दा देशद्रोही पार्टी भनेर हल्ला फिजाएर २०५४ सालमा पार्टी फुटाउने काम भयो ।
पार्टी फुटाइसकेपछि एमालेलाई २०५६ को निर्वाचनमा हराउनका लागि गालीगलौजदेखि अनेकौँ झुटा आरोपहरू लगाइए । जब चुनाव सकियो र एमालेलाई बहुमत आउनबाट रोकियो, त्यसपछि फेरि पार्टी एकताको अभियान सुरु भयो र २०५८ मा पुग्दा हामीले फेरि एकता गर्यौँ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २१ गते, २०८३ - १८:१२
काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण रोशी खोला मा पानीको सतह बढ्दै बाढी आउँदा तथा दाप्चा खोला मा पनि बाढी आएपछि बीपी राजमार्ग को काभ्रेपलाञ्चोक खण्डमा ...
आषाढ़ २१ गते, २०८३ - १७:२१
विराटनगर । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिरामीले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्नु सरकारको प्रम...
आषाढ़ २१ गते, २०८३ - १७:१२
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब १:...
आषाढ़ २१ गते, २०८३ - १६:४६
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीका केही प्रावधानविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेको छ। नियमावली...
आषाढ़ २१ गते, २०८३ - १६:३१
धनकुटा । गृहमन्त्री सुधन गुरुङले पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा आइतबार धनकुटामा सुरक्षा तथा प्रशासनिक संयन्त्रको निरीक्षण गर्नुका साथै धार्मिक द...
आषाढ़ २१ गते, २०८३ - १६:०५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र नागर...
आषाढ़ २१ गते, २०८३ - १५:५३
काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जुलाई २१ तारिखदेखि सुरु हुने त्रिदेशीय सिरिजमा भाग लिन जान खेलाडीको बिदाइ गरिएको छ । ...
आषाढ़ २१ गते, २०८३ - १५:२६
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ। आइतबार जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ गइ...
आषाढ़ २१ गते, २०८३ - १५:२२
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधन आवश्यक भए पनि त्यसलाई हचुवाको भरमा अघि बढाउँदा सामाजिक तनाव बढ्न सक्ने बताएका छन् ।...
आषाढ़ २१ गते, २०८३ - १५:०२
काठमाडौँ । चालु असार महिनाको पहिलो १९ दिन (करिब १५ कार्यदिन) मा निजामती सेवाबाट राजीनामा दिने कर्मचारीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। राष्ट्रिय...



प्रतिकृया लेख्नुहोस्: