Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

सडकमा भेटेको ६० हजारको चेक फिर्ता

काठमाडौँ । राजधानीको सडकमा फेला परेको ६० हजारको चेक सम्बन्धित व्यक्तिलाई फिर्ता गरिने भएको छ । मंगलबार बिहान मैतीदेवीबाट पुरानो बानेश्वर भीमसेनगोला पुलनजिकै यात्रुवाहक गाडीबाट उत्रेपछि तत्कालै ६० हजारको चेक प्रेस काउन्सिल नेपालका उप-प्रशासकीय अधिकृत रामप्रसाद पोखरेलले भेटेका हुन् । पोखरेलले अफिस जाने क्रममा बाटोको फेला परेको सो चेक नं. ००३३६४२३७५ एभरेष्ट बैँक लिमिटेड बानेश्वर शाखा रहेको छ भने सो चेक नगेन्द्र मण्डलको नाममा नेपाल एक्प्रो प्राइभेट लिमिटेडले जारी गरेको छ । अर्घाखाँची नगरपालिका वडा नं. ११ स्थानीय ठेगाना भएको पोखरेल हाल मैतिदेवी काठमाडौँमा बसोबास गर्दै आइरहेका छन् । उनले सो चेक फेला पारेपछि अफिसमा आएर टेलिफोन सोधपुछ शाखामा खबर गरी नागेन्द्र मण्डल र नेपाल इक्प्रो प्रालिको सम्पर्क नम्बर पत्ता लगाएको पोखरेल बताउँछन् । अफिसका स्टाफलाई आफ्नो मोबाइल नम्बर टिपाई सम्बन्धित व्यक्तिलाई नगेन्द्र मण्डलको नाममा रहेको ६० हजारको चेक आफूले प्राप्त गरेको जानकारी दिएका थिए । नेपाल एक्प्रोका कार्यकारी निर्देशक नागेन्द्र महोतोसँग सम्पर्क गर्दा चेक भेटिएको भनी आफूलाई रामप्रसाद पोखरेल सरले फोन गरेकोमा खुशी व्यक्त गर्दै उनी भन्छन्– सुरुमा चेक हराउँदा म आत्तिएको थिएँ । एक्कासी पोखरेल सरको फोन आएपछि ढुक्क भएँ । तैपनि चेक रोक्का राखेको छु आइतबार आएर चेक लिन्छु भनेर पोखरेल सरलाई भनेको छु । यतिबेला नागेन्द्र महतो छठ मनाउनका लागि उपत्यका बाहिर रहेको उनीसँग फोन सम्पर्क गर्दा बताएँ । आजकलका मानिसहरुमा स्वार्थीपन बढ्दै गइरहेको बेला इमान्दारिताका साथ भेटिएको चेक फिर्ता फोन गर्नु खुशीको कुरा हो, महतोले बताए । समाजमा इमान्दारिताका खडेरी परिरहेको बेला पोखरेलको यो कदम तारिफयोग्य मान्न सकिन्छ । अहिले समाजमा पैसा भनेपछि मरिहत्ये गर्ने र पैसालाई नै सर्वेसर्वा ठानिरहेको बेला पोखरेलले आफ्नो इमान्दारितापन देखाएर सम्बन्धित व्यक्ति र संस्थालाई सम्पर्क गरी चेक हस्तान्तरण गर्ने कार्य प्रशंसनीय छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending