Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

मुलुकी ऐन बुझाउँन इलाम र पाँचथर पुगे न्यायाधीश

मङ्गलबारे। नयाँ मुलुकी ऐनमा भएका कुरा बुझाउन इलाम र पाँचथरको सीमा बजार रविमा न्यायिक संवाद कार्यक्रम आयोजना गरियो । संवाद कार्यक्रममा उच्च अदालत विराटनगर इलाम इजलासका मुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेलले न्यायाधीश जहिल्यै पनि स्वतन्त्र हुनुपर्ने र न्यायाधीशले व्यक्तिगत भेटघाटभन्दा पनि सामूहिक भेटघाट मात्र गर्नुपर्ने विचार व्यक्त गरे । उनले अदालतले जहिल्यै पनि ठीक फैसला गरेको भन्ने हुँदैन कहिलेकाहीँ सेवाग्राहीले दुःख पनि पाइरहेका हुन्छन्, त्यस्तो दुःख नहोस् भनेर न्यायिक संवाद कार्यक्रम आयोजना गरिएको बताए । उच्च अदालत विराटनगर इलाम इजलास, जिल्ला अदालत इलाम र जिल्ला अदालत पाँचथरको संयुक्त आयोजनामा शुक्रबार भएको कार्यक्रममा पाँचथरको मिक्लाजुङ र इलामको फाकफोकथुम गाउँपालिकाका ७० जना जनप्रतिनिधिको सहभागिता रहेको थियो । अदालतले गरीब तथा असहायका लागि वैतनिक वकिलको व्यवस्था गरेको बताउँदै इलाम इजलासका न्यायाधीश तेजनारायणसिंह राईले बताए।  कार्यक्रममा उच्च अदालत विराटनगर इलाम इजलासकी न्यायाधीश यमुना भट्टराईले भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिता र फौजदारी संहिताको बारेमा स्पष्ट पारे । कुनै अपराधमा पहिले सर्वस्वसहित जन्मकैद हुन्थ्यो भने अहिले ऐन परिमार्जन भएर आजीवन काराबासको व्यवस्था रहेको छ । गाउँपालिका तथा नगरपालिकामा गठन भएका न्यायिक समितिमा चित्त नबुझेमा जिल्ला अदालतमा पुनरावेदन गर्न सकिने व्यवस्थासमेत रहेको सो अवसरमा जानकारी गराइयो । अदालतका न्यायाधीश भेट्न हुँदैन भन्ने भ्रम चिर्नलाई गाउँगाउँमा न्यायाधीश कार्यक्रमलाई अझ व्यापक बनाउने उच्च अदालत विराटनगर इलाम इजलासले जनाएको छ । कार्यक्रममा जिल्ला अदालत इलामका न्यायाधीश इन्द्रकुमार चोङटेन्ली, पाँचथरका न्यायाधीश मनोज केसी, फाकफोकथुम गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले बर्तमान ऐनका बारेमा प्रकाश पारेका थिए । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy